डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत स्मार्ट दोलखा निर्माण अभियान सुभारम्भ

दर्पण संवाददाता
चरीकोट, फाल्गुण १
नेपाल सरकारले घोषणा गरे अनुसार नेपाललाई डिजिटल नेपाल निर्माण गर्ने अभियान अन्र्तगत स्मार्ट नेपाल निर्माणको कार्य दोलखा जिल्लाबाट सुभारम्भ भएको छ ।

डिजिटल नेपाल फ्रेमवर्क अन्र्ततग स्मार्ट दोलखा निर्माण कार्यक्रमा संचार सुचना तथा प्रविधी मन्त्री एवंम सरकारका प्रवक्ता माननिय पार्वत गुरुङले कार्यक्रमको सुभारम्भ गर्नुहुँदै दोलखा जिल्लाबाट यो कार्यक्रमको सुरुवात गर्नु भएको हो । मन्त्री गुरुङले फाइभर लाइनबाट दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीलाई टेलिफोन गर्दै स्मार्ट दोलखा निर्माण कार्यक्रमको सुरुवात गर्नु भएको थियो ।

सरकारले डिजिटल नेपाल निर्माण गर्ने फ्रेमवक अन्र्तगत संचालन गरीरहेको विभिन्न कार्यक्रमहरु मध्ये यो अभियान नेपाल टेलिकम संगको सहकार्यमा प्रत्येक जिल्लाको ग्रामिण क्षत्रहरुमा स्वास्थ्य संस्था, शैक्षिक संस्था र वडा कार्यालयहरुमा नेपाल टेलिकमको फाइभर मार्फत इन्टरनेट तथा टेलिफोन विस्तार गर्ने योजना रहेको छ । नेपालको विभन्न क्षत्रमा हालसालै नेपाल दुर संचार प्राधिकरण र नेपाल टेलिकमले विस्तार गरिरहेको फाइभर मार्फत सरल र सहज तरिकाले नागरिकलाई सेवा दिनका लागि इन्टरनेट सेवा विस्तार गर्न लागिएको हो । पुरानो प्रविधीको प्रयोगलाई कमि गर्दै नेपाल टेलिकमले विस्तार गरीरहेको एउटै भाइभरबाट इन्टरनेट, टेलिफोन र टेलिभिजन समेत हेर्न सकिने व्यवस्था रहको छ । आज दोलखाबाट सुभारम्भ गरिएको कार्यक्रम देशभरका सवै शैक्षिक संस्था, स्वास्थ्य संस्था र वडा कार्यालयहरुमा संचालन गरिने छ ।

डिजिटल नेपाल निर्माण गर्ने सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको परिकल्पना अनुसार त्यसको व्यवस्थापनको जिम्मेवारी संचार मन्त्रालयलाई प्रदान गर्नु भए अनुसार डिजिटलन नेपाल निर्माण गर्ने परिकल्पनालाई साकार पार्नका लागि मन्त्रालयको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी विभिन्न चरणहरुमा काम भई रहेको संचार मन्त्री एवंम सरकारका प्रवक्ता पार्वत गुरुङले बताउनु भयो । सवै नागरिकलाई लाइन वसेर नभई अनलाईबाट सेवा दिने उदेश्यले सरकारले माघ २ गते नागरीक एफ सार्वजनिक गरिसकेको र हाल सवै क्षत्रहरुमा नेपाल टेलिकमको फाइभर नेट जडान गर्ने काम सुरु भएको मन्त्री गुरुङले बताउनुभयो । इन्टरनेटको माध्यमबाट काम गर्दा नागरीकलाई सहज हुने काजगी प्रयोगमा कमी हुने र भ्रष्टचार न्यूनीकरणका लागि सहयोग पुग्ने विश्वास रहेको मन्त्री गुरुङले बताउनु भयो ।

संचार सुचना तथा प्रविधी मन्त्रालयका सचिव हरी प्रसाल वस्यालले नेपालको सुगम र दुर्गम क्षत्रमा बसोवास गर्ने सवै नागरीकहरु महत्वपुर्ण रहेको र सुगम र दुर्गमको विचको संचारको दुरीलाई अन्त्य गरी नागरीकलाई इन्टरनेटको माध्यमबाट सेवा प्रदान गर्ने उदेश्यले यो कार्यक्रम लागु गरिएको उहाँले बताउनु भयो । यो अभियानमा पुर्वधार निर्माणका लागि दुर संचार प्राधिकरण र नेपाल टेलिकमले सहयोग गरिरहेको र डिजिटल नेपाल निर्माण अभियान अन्र्तगत ६२० किलोमिटर भन्दा बढि फाइभरहरु विच्छाई सकेको र ६३१ पालिकाहरुमा फोरजी सेवा विस्तार भई सकेको अन्य वाँकी रहेको क्षत्रमा समेत यो वर्षको अन्त सम्म सवै पालिकाहरुमा फोरजी सेवा विस्तार गरिने सचिव वस्यालले बताउनु भयो ।

नेपाल टेलिकमको आयोजनामा दोलखाबाट आजदेखि सुरु गरिएको स्मार्ट दोलखा निर्माण अभियान अन्र्तगत दोलखा जिल्लाको ७४ वटा वडा कार्यालयहरु र शैक्षिक संस्था, स्वास्थ्य संस्थाहरुमा जडान गरिने छ । डिजिटल नेपाल अन्र्तगत यो पूर्वधार निर्माणको काम भएको र दोलखा दुई क्षत्र काठमाण्डौँ मुडे हुँदै चरीकोट र खुरकोट हुँदै चरीकोट सम्म फाइभर लाइन जोडि सकेको र दोलखाको मुख्य बजार क्षत्र जिरी सिंगटी मागादेउराली क्षत्रमा फाइभर विस्तारको काम भई रहेकोले फाल्गुण अन्तीम सम्म दोलखामा काम सकिने नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले बताउनु भयो । दुर्गम क्षत्रमा यो सेवा विस्तार भए संगै इन्टरनेटको माध्यमबाट सहज तरीकाले एक ठाउँमा भएको ज्ञान सिपलाई अन्य क्षत्रमा सहजै पुराउनका लागि सहयोग पुग्ने दुर संचार प्राधिकरणका अध्यक्ष पुरुषातम खनालले बताउनु भयो ।

फाल्गुण महिना भित्र जडान गरी सक्ने गरी काम सुरु गरिएको दोलखामा ४ सय ६८ वटा विद्यालयमा ४० हजार १ सय ४७ जना विधार्थीहरुले अध्यन गर्दै आई रहेका छन्् । दुई नगरपालिका र सात गाउँपालिका गरी नौँ स्थानिय तह रहेको दोलखामा ७४ वटा वडाहरु रहेका छन् । भिमेश्वर नगरपालिको वडा नम्वर ६ मा तत्काल यो सेवा संचालन गर्नका लागि आवश्यक उपकरणहरु आजै वडा अध्यक्ष नविन लामालाई संचार मन्त्री गुरुङले हस्ताणतरण गर्नु भएको छ ।