डा. शिवामाया तुम्वाहाम्फे कानुन मन्त्रीमा न्युक्त, आजै पदभार ग्रहण

काठमाण्डौ, ५ फाल्गुण
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा डा. शिवमाया तुम्बाहाङ्फे न्युक्त हुनु भएको छ । नवन्युक्त मन्त्री तुम्वाहाम्फेले आजै पदभार ग्रहण गर्नु भएको छ ।

आज दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिए लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री तुम्बाहाङ्फले पदभार ग्रहण गर्नुभएको हो । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँलाई मन्त्री पदमा आजै नियुक्त गर्नु भएको हो ।
डा. तुम्वाहाङ्फे यसअघि उपसभामुख हुनुहुन्थ्यो । सभामुखको निर्वाचनका लागि मार्गप्रसस्त गर्ने क्रममा उहाँले गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिनु भएको थियो ।