
दोलखाको बिगु गाउँपालिका वडा नम्वर ६ आलम्पुमा ट्याक्टरको ढालाबाट खसेर एक जनाको मृत्यु भएको छ ।
आज विहान ढङगा वोक्ने ट्याक्टरको ढालाबाट खसेर विगु ६ आलाम्पु निवासी करीव ४० वर्षिय मान बहादुर थामीको मृत्यु भएको प्रहरीले जनाएको छ । आलम्पुको गुन्सा स्थित भित्री कच्चिी सडकमा चिम्टे रथालबाट आलम्पु तर्फ ढुङ्गा लोड गरी आउँदै गरेको प्रदेश १–०१–००१ त ८८७२ नम्बरको ट्याक्टरबाट थामी खसेको थियो ।
घटनाको वारेमा प्रहरीटोली घटनास्थल पुगेको र अनुसन्धान भई रहेको दोलखा प्रहरीले जनाएको छ । प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कारवाही थालेको प्रहरीले जनाएको छ । ट्याक्टर घटनास्थलमै रहेको र चालक फरार रहेको हुँदा चालकको खोजीकार्य जारी रहेको र जिल्ला प्रहरी कार्यालय दोलखाबाट जनाएको छ ।
