टानको सचिवमा दोलखाली घिमिरेको उम्मेद्वारी

दर्पण संवाददाता
काठमाण्डौ १८ भाद्र
व्यवसायीको संगठन टानको सचिवमा दोलखाली ट्रेकिङ व्यवसायी प्रदीपकुमार घिमिरेले उमेदवारी घोषण गरेका छन् ।

दोलखाको मैनापोखरी घर भएका घिमिरे सेन्ट्रल हिमालय ट्रेक्स एन्ड एक्सपिडिसनका संचालक हुन् । उनी सन् १९९६ देखि २०१० सम्म ट्रेकिङ गाइडको रुपमा कार्यरत थिए । त्यसक्रममा उनले नेपालका अनेक पहाडहरुको यात्रामात्र गरेनन्, त्यहाँका समस्या र सम्भावनाबारे पनि गहिरो गरी बुझ्ने अवसर प्राप्त गरे ।

नेपालको पर्वतिय पर्यटनको विकासका लागि लायन्समा समेत आवद्ध उनको त्यो गहिरो अनुभव टानकै लागि ठूलो सम्पति मान्न सकिन्छ । टान सचिवका रुपमा उनले पहाडी अनुभवमा आधारित आफ्ना आइडियालाई प्रभावकारी रुपमा प्रयोग गर्ने बताए । पर्यटन ब्यसायी मात्र नभई घिमिरेले सामाजिक क्षेत्रमा पनि धेरै कार्यहरु गरेका छन । बिनासकारी भुकम्प २०७२ मा उनले दोलखाका धेरै बस्तिहरुमा राहतका सामाग्रीहरु आफ्नो अगुवाई मा बितरण गरेका थिए । दोलखा लगाएत बिकट बस्तिहरुमा राहत सामाग्री, शौचालय निर्माण लगाएतमा उनले सहयोग गरेका छन् । पर्यटन ब्यबसायीहरु को संगठन टानको चुनाव यहि भाद्र 20 गते काठमाडौ मा हुँदै छ .