टर्की र लोकल कुखुला पालेर गाउँमानै राम्रो आम्दानी

दर्पण संवाददाता
चरिकोट, २५ फागुण

ओख्रेको एउटा सानो पाखा जग्गामा चारैतिर जालीले बारेको खाली ठाउँमा टर्की र लोकल कुखुरा चौरभरी रमाएर आहारा खोजी रहेका हुन्छन् । यहाँ पुग्ने जो कोहीको पनी टर्की र लोकल कुखुराले मन आर्कषित गर्ने गरेको हुन्छ ।

कृषिमा युवाहरुको आर्षण बढदै गएको वेला दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ३ ओख्रेका युवा शिव कार्कीले संचालन गरेको नमुना तथा पशुपंछि फर्म वास्तवमै जिल्लाको नमुना वन्दै गएको छ । कृषिमा राम्रो सम्भावना देखेका युवा कार्कीले सानो लगानी बाट सुरु गरेको टर्की र लोकल कुखुरा पालेर हाल राम्रो आम्दानी गर्दै आउनु भएको छ । सुरुमा लगानीको अभाव भएका कारण ५० हजारबाट सुरु गरेको बाट हाल बार्षिक ३ लाख नाफा हुने गरेको संचालक शिव कार्कीले बताउनु भयो ।

फर्ममा हाल टर्की, लोकल कुखुरा, प्यारेन्ट, अलपोलीस, याकोमा प्रजातिका कुखराहरु रहेका छन् । दोलखा जिल्लामानै पहिलो पटक टर्की पालनको लागी फर्मनै संचालन भएका कारण टर्कीको राम्रौ वजार रहेको छ । फर्ममा उत्पालन गरिएको टर्कीको मासु तथा चल्ला जिल्लामात्र नभई काठमाण्डौ तथा बाहिरी जिल्लामा समेत जाने गरेको छ । टर्की पालनका लागी आर्षक रहेका र अन्य ठाउँमा सहजै चल्ला नपाइने भएका कारण मासिक ५०० भन्दा बढि चल्लाको माग हुने गरेको छ । ह्याचरी मार्फत २८ दिनमा तयार हुने चल्ला ग्राहक हरुको माग अनुसार उत्पालन हुन सकेको छैन् । ६० प्रतिशत घाँस र अन्य दानको भरमा पाल्न सकिने टर्की ६ महिनामा ९ देखि १२ किलो सम्म र ११ महिनामा १६ किलो सम्म हुने गरेको संचालक कार्कीले बताउनु भयो । जिल्लामा टर्कीको मासू जिउँदो ८ सय र काटेको मासू एक हजार रुपैयामा विक्रि हुने गरेको छ । टर्कीको ठुलोमात्रामा चरिकोटबजार, मागादेउराली, वजार लगाएत बजारमा खपत हुनुका साथै टर्की ठुलो मात्रामा उत्पालन हुँदा र भ्याली कोल्ड स्टोर मार्फत जोडन कतार लागएतका ठाँउमा समेत निर्यात हुने गरेको उहाँले बताउनु भयो ।


कृषि पेशामा धेरैले छाड्दै गरेको अवस्थामा गाउँमानै कुखुरा समेत वाहिर बाट आयात हुन थाले पछि कृषिमा नै केहि गर्ने जोसले आफुले फर्म दर्ता गरी टर्की तथा लोकल कुखुरा पालन सुरु गरेको संचालक कार्कीको भनाई छ । शैलुङ गाउँपालिका ३ मा रहेको नमुना फर्म जिल्लाकै नमुना भएता पनी हाल सम्म उहाँले कतैकाट पनी अनुदान प्राप्त गर्नु भएको छैन् । चालु वर्षमा खोर विस्तारका लागि भन्दै प्रदेश सरकारले ५० हजार विनियोन गरेको कुरा आफुले जानकारी पाएको उहाँले बताउनु भयो ।

मासुको लागी मात्र नभई फर्ममा सो पिसको रुपमा प्रयोग गरीने अलपोलीस र याकोमा प्रजातिको कुखुरा समेत रहेको छ । पोल्याण्डबाट अण्डा झिकाई उत्पादन गरिएको अलपोलीस जोडिको ४० हजार सम्म र याकोमा २० हजार सम्म पर्ने र चल्लाकै २५ सय पर्ने उहाँले बताउनु भयो ।