दर्पण संवाददाता
झ्याकु, १९ मङ्सिर
दोलखाको गौरिशंकर गाँउपालिका वडा न ३ मा संचालन भएको तिन महिने लामा शिविर सम्पन्न भएको छ ।
भदौ १५ गतेदेखि दोलखाको झयाकुमा संचालन भएको लामा शिविरमा दोलखा र रामेछापका गरी ११ जना लामाहरुको सहभागिता रहेको थियो । नेपाल अहिंशावादी बौद्धधर्म विश्व शान्ति चक्र संघको आयोजनामा रिन्जेन छोलिङ गुम्बा झ्याँकुले कार्यक्रमको व्यवस्थापन गरेको थियो । देशमा शान्ति फैलाउनको तथा हिंशा कम गर्ने उदेश्यले साथ तिन महिने लामा शिविरको आयोजना गरिएको रिन्जेन छोलिङ गुम्बाका अध्यक्ष चक्र बहादुर तामाङले बताउनु भयो ।

समाजमा बढ्दै गएको हत्याहिंशा, लोभ, अशान्ति, झैझगडालाई न्यूनिकरण गर्नको लागि ३ महिनासम्म गुफाबास बसी शिविरले शान्तिको ध्वनी फैलाएको नेपाल अहिंशावादी बौद्ध धर्म विश्वशान्ति चक्र संघका दावादोर्जे तामाङ पाख्रिनले बताउनु भयो ।
कार्यक्रमको लागि गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्काले रु. २५ हजार वडा नम्बर ३ का वडा अध्यक्ष बस्नेतले रु. १५ हजार सहयोग गर्नु भइको छ ।

