दर्पण संवाददात
माघ २७ झुले
दोलखाको तामाकोशी गाँउपालिका वडा नं ३ झुलेमा रहेको झुले मिलन बचत तथा ऋण सहाकारी संस्थाका २२ औँ साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष तोरण बहादुर कार्कीको अध्यक्षतामा सहकारी विभागका रजिष्टार शिव कुमार कार्कीको प्रमुख उपस्थीतिमा शनिवार कार्यक्रम सम्पन्न भएको हो । सहकारीको २२ औ साधारण सभा उद्घाटन गर्नुहुँदै रजिष्ट्रार शिव कुमार कार्कीले सवै सहकारीका श्येर सदस्यहरुको आर्थीक अवस्था सुधार गर्न उत्पादनको क्षेत्रमा लगानी गर्नु पर्ने बताउनु भयो । सहकारीले आफनो कार्य क्षेत्रमा हुने विभिन्न आय आर्जन हुने र उत्पादनको क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा लगानी गरि सवैको आर्थिक जिवन सृुधार गर्नु पर्ने र त्यसले मात्र सहकारीको भुमिका पुरा हुने बताउनुु भयो ।
संस्थाका अध्यक्ष तोरण बहादुर कार्कीले हाल सहकारीले अलौँची चिया तरकारी केरा सुन्तला लगाएत नगदे वालीहरुको संभावनाको बारेमा अध्यन गरि रहेको र त्यस क्षेत्रमा काम गर्ने बताउनु भयो ।
२०५३ साल माघ महिनाबाट संचालनमा आएको यस सहकारीले हाल दोलखाको जफे, झुले र भिरकोट मा कार्यक्षेत्र बनाई काम गर्दे आई रहेको छ । संस्थामा हाल ७३८ जना श्येर सदस्य र ३३४ जना बाल सदस्य रहेका छन् । साधारण सभाको अवसरमा जेष्ठ सदस्य बल बहादुर थापा, विष्णु माया थापा, र असल ऋणी दुर्गा तामाङलाई सम्मान गरेको छ ।

साधारण सभाकै अवसरमा सहकारीको लागि आर आर एन संस्थाले निर्माण गरी दिएको भवन उदुघाटन गर्नुका साथै सहकारीलाई हस्ताणतरण गरेको छ । संस्थालाई कारोवार गर्नको लागि सहज हुनुका साथै कृषकहरुलाई पनि सहज हुने उदेश्ष्यले आर आर एन को सहयोगमा ४२ लाख ४१ हजारको लागतमा आफुहरुले भवन निमाण गरि दिएको आर आर एन का कार्यकारी निर्देशक रत्न कार्कीले बताउनु भयो ।
साधारण सभामा सहकारीका पुर्व अध्यक्ष सुर्दशन कार्की, सहकारी संघका अध्यक्ष डिवि बस्नेत, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, वडा अध्यक्ष हर्क बहादुर योञ्जन, लगाएतले शुभकामना दिनु भएको थियो ।
