दर्पण संवाददाता
चरिकोट साउन ९
ज्योती लाईफ इन्स्योरेन्स दोलखा शाखाले मृतक श्याम खड्काको परिवारलाई १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ।
दोलखा जिल्ला बैतैश्वर गाँउपालिका वडा नम्बर ७ का २१ वर्षिय श्याम खड्काको खोलाले बगाएर मृत्यु भए पछि आज सदरमुकाम चरीकोटमा एक कार्यक्रमका विच चेक खड्काको परिवारलाई हस्तान्तरण गरीएको हो । बीमा अवधि भित्र बीमितको मृत्यु भएमा एकमुष्ठ बीमाङ्क रकम इच्छाएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने व्यवस्था अनुसार १० लाख २७ हजार पाँच सय बोनस रकम सहितको चेक ज्योती लाईफ इन्स्योसेन्सका सेल्स हेड फर्शुराम मरासिनीले मृतका बुबा गरुल ध्वज खड्कालाई हस्तान्तरण गर्नु भएको थियो । मृतकका बुबाले दुःखको घडीमा सहजै उक्त हकदाबी रकम उपलब्ध गराएकोमा इन्स्योसेन्स प्रति आभार प्रकट गर्नु भयो । कार्यक्रममा ज्योती लाईफ इन्स्योसेन्सका सेल्स हेड फर्शुराम मरासिनी, बैतेश्वर गाउँ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष रेशम राजस्वराज रिमाल, ज्योती लाईफ इन्स्योसेन्स दोलखा शाखाका प्रमुख चुडा बहादुर श्रेष्ठ लगाएले मन्तव्य व्यक्त गर्नु भएको थियो । 
खड्कालाइ तामाकोसी नदी किनारमा काम गर्न जादाँ गत जेठ ४ गते खोलाले बगाएको थियो । खड्काले २०७६ साल असार २७ गते ५ लाख रुपैया बराबरको विमा गरेको भए पनि पहिलो किस्ता बापत ३४ हजार रुपैया मात्रै इन्स्योसेन्समा जम्मा गरेका थियो ।