जेष्ठ नागरिकको पालन पोषणमा ध्यान दिने २१ जोडी असल छोरा बुहारीलाई तामाकोशी गाउँपालिकाद्धारा सम्मान

दर्पण संवाददाता
तामाकोशी, असार २९
दोलखाको तामाकोशी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई विशेष हेरचाह गर्ने २१ जना जोडी असल छोरा बुहारी तथा छोरीलाई सम्मान गरेको छ ।

गाउँपालिकाले ७० बर्ष नाघेका जेष्ठ नागरिकहरुलाई माया ममतापुर्वक पालन पोषनमा ध्यान दिने २१ जोडी छोरा, बुहारी तथा छोरीलाई शनिवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । आथिक वर्ष ७५÷७६ अन्र्तगत विनियोजित लक्षित वर्ग तर्फको जेष्ठ नागरिक सम्मान तथा असल छोरा, बुहारी र छोरी सम्मान कार्यक्रम अन्र्तगत प्रत्येक वडाबाट तिन तिन जनाका दरले २१ जनालाई नगद पाँच हजार सहित सम्मान गरेको हो ।

सम्मानित हुनेमा वडा नं १ बाट दिलबहादुर माझि र रिता माझि, हिरा बहादुर विक र लक्ष्मी विक, भक्त बहादुर कार्की र मेनुका कार्की वडा नं २ बाट भुपाल कुमार कार्की र लक्ष्मी कार्की, इश्वराज कार्की र शान्ता कार्की, र अनुना तामाङ वडा नं ३ बाट चिनिमाया तामाङ, माधव पोखरेल र विष्णुमाया पोखरेल, दुर्गा महत रहेका छन् । त्यसै गरी वडा न ४ बाट गिता बुढाथोकी, गोविन्द बहादुर खड्का र सिता खड्का र मिरा योगी वडा नं ५ बाट होम प्रसाद चौलागाई र देवि चौलागाई, भिमलाल भट्टराई र भिमकुमारी भट्टराई, इन्द्र प्रसाद अधिकारी र अप्सरा अधिकारी वडा नं ६ बाट टेक बहादुर फुयाँल र दुर्गा फुयाँल कुल प्रसाद फुयाँल र मैया फुयाँल, नवराज आपाँगाई र सर्मिला आपाँगाई वडा न ७ बाट बुद्धिमाया सुनुवार र कमला सुनुवार, खगेन्द्र राज सुनुवार र सावित्रि सुनुवार, आङनिमा शेर्पा र जमुना जिरेल शेर्पालाई सम्मानित गरिएको छ ।

७० बर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई छोरा बुहारी तथा छोरीले मायाममता पुर्वक पोलन पोषण ध्यान दिएको नदिएको बारेमा पता लगाउन विशेष संयन्त्र प्रयोग गरेको छ । जनप्रतिनिधीहरु जेष्ठ नागरिकको घर घरमा पुग्ने र जेष्ठ नागरिकासंगको छलफल पछि असल छोरा बुहारी छोरीको छनोट गरिने गाँउपालिका अध्यक्ष इश्वर चन्द्र पोखरेलले बताउनु भयो । जेष्ठ नागरिकहरुको पालन पालन पोषणलाई मध्यनजर गरी तामाकोशी गाउँपालिकाले गत बर्षदेखि नीति तथा कार्यक्रममा नै समावेश गरी रकम विनियोजन गरेको थियो ।
विभिन्न घरायसी कामले गर्दा जेष्ठ नागरिकहरुको हेरचाहमा विस्तारै कमि हुँदै गएको देखिएकोले जेष्ठ नागरिकहरुको सम्मानका लागि गाउँपालिकाले असल छोरावुहारी सम्मान कार्यक्रम सुरु गरेको अध्यक्ष पोखरेलले बताउनु भयो ।