जिसस दोलखाद्वारा प्रथम चौमासिक कार्यसम्पादन अनुगमन सुरु, गौरीशंकर गाउपालिकामा आज सम्पन्न

दर्पण संवाददाता
सुरि असोज २२

जिल्ला समन्वय समिति दोलखाले आज बाट जिल्लाका स्थानीय तहमा हुने गतिविधिको बारेमा प्रथम चौमासिक कार्यसम्पादन अनुगमन सुरु गरेको छ ।

आज पहिलो दिन जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डेको टोलिले गौरिशंकर गाउपालिकामा अनुगमन गरेको छ । प्रथम चौमासिक कार्यसम्पादन अनुगमनका क्रममा पालिकाले संचालन गरेको गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । पालिकामा दरबन्दी अनुसारको कर्मचारी न भएको र काम गर्न दरबन्दी अनुसारको कर्मचारी नहुदा समस्य भएको प्रमुख प्रशासकिय अधिकृत बालकुमार श्रेष्ठले बताउनु भयो । पालिकामा प्रशासनिक क्षेत्रमा काम गर्ने र विभिन्न वडाहरुमा वडा सचीव हरुको दरबन्दीमा कर्मचारी न भएको उहाले बताउनु भयो । आर्थिक वर्ष २०७७/७८ का लागि पालिकाले ४४ करोड ५२ लाख बजेट अनुसारको बिकासका योजनाहरु तय भएको र १४७ योजना रहेको गाउपालिका प्रमुख सोयम बहादुर खडकाले बताउनु भयो । १४७ योजना मध्ये २३ योजना वडाहरुले संचालन गर्ने ६ वटा बोलपत्र मार्फत गरिने र अन्य पालिका मार्फत उपभोक्त समिती मार्फत गरिने पालिका प्रमुख सोयम खडकाले बताउनु भयो ।

संघ प्रदेश र स्थानिय तहमा योजना सम्पन्न गराउन स्पष्ट नीति र समयमानै बजेट बिनियोजन नगर्दा समस्या हुने गरेको उहाले बताउनु भयो । कृषि, शिक्षा , स्वास्थ , पर्यटनको क्षेत्रमा पालिकामा अत्याधिक संभावना भएको र पालिकाले तेहि क्षेत्रमा बिशेष योजना सहित काम गरि रहेको उहाले बताउनु भयो ।

दोलखाको सबै स्थानीय तहको प्रथम चौमासिक कार्यसम्पादन अनुगमन गरिने क्रममा आज गौरीशंकर गाउपालिकामा गरिएको र सबै पालिकामा गरिन जिसस प्रमुख डबल पाण्डेले बताउनु भयो । अनुगमनका क्रममा पालिकाले संचालन गर्न बिकासका योजना प्रशासनिक गतिविधि तथा समस्या हरुको बारेमा अनुगमन गरिने उहाले बताउनु भयो ।