जिसस दोलखाद्धारा जिरी नगरपालिकामा प्रथम चौमासिक कार्यसम्पादन अनुगमन सम्पन्न

दर्पण संवाददाता
जिरी कार्तिक २

जिल्ला समन्वय समिति दोलखाले सुरु गरेको जिल्लाका स्थानीय तहमा हुने गतिविधिको बारेमा प्रथम चौमासिक कार्यसम्पादन अनुगमन अन्र्तगत आज जिरी नगरपालिकामा सम्पन्न गरेको छ ।

जिल्ला समन्वय समिती दोलखाका प्रमुख डवल पाण्डेको टोलिले जिरी नगरपालिका ले यो आर्थिक वर्षमा संचालन गर्ने योजना तथा कार्यक्रमको वारेमा जिरी नगरपालिकाको कार्यालयमा पुगी आज अनुगमन तथा छलफल गरेको हो ।

जिरी नगरपालिकाले आर्थिक वर्षा २०७७÷७८ मा १०८ योजनाहरु उपभोक्ता समिती मार्फत संचालन गर्ने ३ ओटा योजनाहरु बोलपत्र मार्फत संचालन गरिने जिरी नगरपालिका प्रमुख टंक जिरेलले बताउनु भयो । उपभोक्ता समिती मार्फत संचालन हुने १०८ वटै योजनाका उपभोक्ता समितीको गठन भैसकेको र  सम्पुर्ण योजनाको सम्झौता कात्तिक मसान्त भित्र सम्पन्न भइसक्ने जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले जानकारी गराउनु भएको थियो । जिरि नगरपालिकामा हालसम्म २४ वटा ऐन, कार्यविधि , कानुन जारी भएको र आवश्यकताका आधारमा थप जारी हुने नगर प्रमुख टंक जिरेलले बताउनु भयो ।

जिरी नगरपालिकामा प्रथम र्चाैमासिक कार्य सम्पादन अनुगमन गर्नुहुँदै जिल्ला समन्वय समिती दोलखाका प्रमखि डवल पाण्डेले स्थानीय तहहरुले सन्तुलित विकासको लागि लक्षित समुदायलाइ निर्णय र कार्यन्वयन प्रक्रियामा सहभागी गराउनुपर्ने, विकास निर्माण कार्यहरुमा जनसहभागिता लाई जोड दिनुपर्ने, सुझाव दिनु भएको थियो ।