चरिकोट, २४ साउन/ स्थानिय तह लागु भए संगै जिल्ला समन्वय समिति दोलखाले निर्वाचन भएको एक वर्षमा गरेको कार्यक्रमबारे पत्रकार सम्मेलन गरि सर्वजनिक गरेको छ ।
नेपालको संविधानको धारा २२० को उपधारा ७ वमोजिम निर्दिष्ठ गरेको सिद्धान्त र मान्यताको परिधिभित्र रहि समन्वय समितिको काम कर्तव्य र अधिकार अन्र्तगत सन्तुलित विकासको काम भई रहेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले बताए । आफु निर्वाचित भएको १ बर्ष पुरा भएको अवसरमा कार्यालयमा आज अयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख पाण्डेले संघिय सरकारले तोकेको काम कर्तव्य अनुसार जिल्लाको हरेक क्षेत्रमा समन्वयकारी काम भई रहेकोे बताउनु भयो ।
समितिले आव २०७३/७४ मा सबै स्थानीय तह र गैरसरकारी संघ संस्थाले गरेको कामको प्रभावकारीता बारे अनुगमन गर्नुका साथै सबै स्थानीय तहका जनप्रतिनीधीहरुलाई क्षमता विकास तालिम तथा अन्र्तक्रिया कार्यक्रम संघ र प्रदेश संग समन्वय गरि संचालन गरिएको बताउनु भयो । समितिले जिल्लामा संचालन हुने विकास आयोजनाको कार्यहरु अनुगमन तथा निरिक्षण र समन्वय गर्न छुटा छुटै समिति गठन गरि परिचालन गरेको छ ।
स्थानिय सरकार संचालन ऐन बमोजिम स्थायिन तहको सहकारीहरुको प्रशाशन र व्यवस्थापनको जिम्मेवारी अनुसार स्थानिय तहमा हस्ताणतरणको लागि समन्वय तथा सहकारी प्रशिक्षण पनि गरि सकेको छ । जिल्ला समन्वय समितिले सम्पादन गर्नुपर्ने कामलाई प्रभावकारी बनाउन हालको कर्मचारी संरचना परिमार्जन गर्नु पर्ने देखिएकोले कर्मचारीहरुको संगठनात्मक संरचना परिमर्जनको लागि जिससले निर्णय गरि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ ।
कानुन कार्यान्वयन पक्ष कम्जोर देखिएको, कानुन छल्ने कार्यशैली, कामप्रती उदासिनता, जिम्मेवारी पन्छाउने जस्ता प्रवृतिका कारण सेवा प्रवाहको अबस्था सन्तोषजनक नभएको पनि उल्लेख गर्नु भयो । भएका समस्याहरुलाई सुधार गर्दै राज्यलाई सम्वृद्ध बनाउन शान्ती सु–व्यवस्था र सु–सासन कायम गर्न सर्वोच्चताको सिद्धान्तलाई व्यहवारमा रुपान्तरण गरी कानुनी सासनलाई जीवन्त बनाउको लागि समन्वय समितिको महत्वपुर्ण भूमिका हुने पनि प्रमखु पाण्डेले बताउनु भयो ।
पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति दोलखाका उप–प्रमुख मनमाया जिरेल, जिल्ला समन्वय अधिकारी तुल्सीनाथ गौतम, समन्वय सदस्य मुरारी शिवाकोटी अन्य जनप्रतिनिधी लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।