जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी शान्त र दिनेशलाइ

दर्पन संबाददाता
जेठ ११ चरिकोट
दोलखा जिल्लामा जेष्ठ १० गतेदेखि सुरु भएको जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी शान्त जिरेल र दिनेश थापामगरले हात पारेका छ्न ।
प्रतियोगितामा रोशन श्रेष्ठ र रजेश श्रेष्ठ दितिय, सुजल सिटौला र नवराज श्रेष्ठ , सन्तोष श्रेष्ठ र सुमन श्रेष्ठ तृतीय भएका छ्न। जिल्लामा नै पहिलो पटक आयोजना गरिएको प्रतियोगिताका प्रथम हुने समुहले नगद २० हजार सहित सिल्ड मेड्ल र प्रमाणपत्र प्रदान गरिएको छ। दितिय हुने समुहले नगद १० हजार तृतीय हुने समुहले नगद ५/५ हजार सिल्ड मेडल प्रदान प्रदान गरिएको छ ।

भिमेश्वोर नगरपालिकाको सहयोगमा जिल्ला ब्याडमिन्टन संघ दोलखाले जेठ १० गतेदेखि चरिकोटमा खेलको आयोजना गरिएको थियो।स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित भएको प्रतियोगितामा ३८ जनाको सहभागीता रहेको थियो ।
दोलखा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बलराम थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला समन्वय समिती दोलखाका अध्यक्ष डबल पान्डेले खेलकुदले ब्यत्ती र रास्ट्रको समेत बिकास गर्ने हुदा खेलकुद क्षेत्रमा सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । जिल्ला खेलकुद बिकास समिती दोलखाका अध्यक्ष हिरा थोकरले जिल्ला जिल्ला स्तरीय खेलको लागि कवड हलको अभाव भएको र तेसको लागि सबैले समन्वय र सहकार्य गर्नु पर्ने बताउनु भयो ।

नया नेतृत्वको चयन
ब्याडमिन्टन संघ दोलखाको आज भएको अधिबेशनले बलराम थापाको अध्यक्षतामा ११ जनाको नया कार्यसमिति समेत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रोशन श्रेष्ठ सचिबमा शान्त जिरेल सहसचिबमा सागर श्रेष्ठ कोषअध्यक्ष मा डेबिट श्रेष्ठ र सदस्यहरुमा रसिन श्रेष्ठ , सुजन सिटौला , नवीन श्रेष्ठ , देबलाल श्रेष्ठ र स्वस्थानि थापा चयन भएका छ्न ।