जिल्ला सहकारी संघ दोलखाको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

दर्पण संवाददाता
चरिकोट, १६ असोज
जिल्ला सहकारी संघ दोलखाले आज चरिकोटमा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदन प्रदान तथा चियापन कार्यक्रम सम्पन्न गरेको छ ।

चियापान कार्यक्रममा सहभागी सहभागी हुनुहुँदै भिमेश्वर नगरपालिकाका प्रमखु भरत बहादुर केशीले सवै सहकारीहरुले सदस्यहरुका लागि निश्चीत व्याजदारको निधारण गरी उत्पादनको क्षत्रमा लागनी गर्नुपर्ने बताउनु भयो । दोलखा जिल्ला हरेक दृष्टीकोणले लगानीको लागी उपयुक्त रहेको बताउनु हँदै हल्ला भए जस्तो लगानीको जोखिम दोलखाको कुनै पनी क्षेत्रमा नहेको उहाँले बताउनु भयो ।

जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त र्चाैलागाईको अध्यक्षतामा भएको शुभकामना आदन प्रदान चियापान तथा बधाई ज्ञापन कार्यक्रममा प्रमसख जिल्ला अधिकारी खगेन्द्र रिजाल, प्रहरी प्रमुख मान बहादुर राई, जिल्लाका विभिन्न क्षेत्रमा आवद्ध वितिय क्षेत्रका प्रमुख एवमं प्रतिनिधी, सहकारी कर्मी राजनैतिक प्रतिनिधी नगरीक समाजका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।