प्रभु जिरेल
चरिकोट, ७ फागुण
दोलखाको भिमेश्वर नगरपालिका जिलुमा निर्माण हुन लागेको डिहि फसिभै एकिकृत नमुना वस्तीको आज बागमती प्रदेशका आथिक मामिला तथा योजना मन्त्रि कैलाश ढुंगेलले शिलान्यास गर्नु भएको छ ।
भिमेश्वर नगरपालिकाको वडा नम्वर ४ जिलुमा विनाशकारी भुकम्पले क्षेति पुगेको वस्तीमा दोलखाकै नमुना वस्तीको रुपमा निर्माण गर्न लागिएको डिहि फसिभै एकिकृत वस्तीको मन्त्रि ढंगेलले आज शिलान्यास गर्नु भएको हो । डिहिमा ४५ रोपनी र फसीभैमा ६० रोपनी गरी जम्मा १०५ रोपनी क्षेत्रफलमा जम्मा १८३ ओटा नमुना घरहरु निर्माण हुने भएको छ । एकिकृत वस्ती निर्माणका लागि अन्य पुर्वधारहरुको काम सम्पन्न गरि सकि वस्ती निर्माणका शिलान्यास आज गरिएको हो ।

एकिकृत वस्ती निर्माण गर्नका लागि भिमेश्वर नगरपालिकाको समन्यमा एकिकृत वस्ती निर्माणका लागि राष्ट्रिय पुन निर्माण प्राधिकरणले अन्य भौतिक पुर्वधारहरु निर्माण गर्नका लागि प्रति घर ४ लाखका दरले ७ करोड ३२ लाख रकम प्रदान गरेको थियो । पुन निर्माणद्धारा प्रदान गरिएको रकम मध्ये ५ करोड ५९ लाखमा महालक्ष्मी कस्ट्रक्सनले काम गरेको र वाँकी रहेको १ करोड ५५ लाख रकमले डिहि फसिभै एकिकृत वस्ती निर्माण उपभोक्ता समितीले काम गरेको उपभोक्ता समितीका अध्यक्ष अर्जुन र्चाैलागाईले बताउनु भयो । पुन निर्माण द्धारा एकिकृत वस्ती निर्माणका लागि विनियोजन गरेको रकमले वस्ती निर्माण स्थल सम्म सडक, खानेपानी, विजुली लगाएतका काम निर्माण गरिएको छ । जिलुको विभिन्न गाउँहरुलाई मध्यनजर गरी निर्माणहुन लागेको डिही फसीभै एकिकृत वस्ती जिल्लाकै नमुना वस्ती हुने र त्यसको सवै मिलेर छिटो भन्दा छिटो निर्माण गरिनु पर्ने पुर्व मन्त्री तथा नेकपाका वागमती प्रदेश सचिव आनन्द पोखरेलले बताउनु भयो ।

राष्ट्रिय पुन निर्माण प्राधिकरणले घर निर्माण गरी दोस्रो र तेस्रो किस्ता निकासा गर्नका लागि पटक पटक आग्रह गरीरहेको अवस्थामा एकिकृत वस्ती निर्माणका लागि विभिध कारणले ढिलाई हुन गएको र चाँडो भन्दा चाँडो निर्माण गरिने भएता पनी यस क्षेत्रका नागरिकहरुलाई किस्ता निकासाका लागि सरकारले केही समय थप गर्नुपर्ने वडा नम्वर ४ का वडा अध्यक्ष हरिवंश चौलागाईले बताउनु भयो । १०५ रोपनी क्षेत्रफलमा निर्माण हुने १८३ ओटा घरको लागि पुन निर्माणले प्रदान गरेको रकमले अपुग भएको र हाल प्रदेशले २ करोड ५० लाख र पुर्वधार विकास कार्यक्रम अन्र्तगत मा पार्वत गुरुङले २५ लाख रकम विनियोजन गरेको अध्यक्ष चौलागाईले बताउनु भयो ।
कृषि उत्पालनको भण्डारको रुपमा चिनिने जिलूमा भुकम्प गएको यतिका वर्ष सम्मपनी पुन निर्माणको कामले गति लिन नसक्दा नागरिकहरु अस्थाई वास केन्द्रमानै वसोवास गर्दै आएका थिए । एकिकृत वस्ती निर्माणका लागि शिलान्यास भए संगै पक्की आवास निर्माण हुने भएपछि नागरिकहरु खुसी भएका छन् ।
