जिरी नगरपालिकाले ल्यायो जनमैत्री वजेट, ६० करोड बजेटमा पुर्वधार निर्माण पहिलो प्राथमिकता

दर्पण संवाददाता
जिरी, १० असार ः दोलखाको जिरी नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि करिव ६० करोड ५९ बरावरको वजेट सार्वजनिक गरेको छ ।

जिरी नगरपालिकाको आज भएको आठौँ नगर सभामा नगरपालिकाका उपप्रमुख कृष्णमाया वुढाथोकिले आगामी वर्षको लागि करिव ६० करोड वरावरको वजेट प्रस्तुत गर्नु भएको हो । जिरी नगरपालिकाले प्रस्तुत गरेको बजेट मध्ये पुर्वधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको पाइएको छ । नगरपालिकाले नगर स्तरीय गौरवका आयोजनाहरु सम्पन्न गर्नका लागि समेत वजेट बिनिजयोजन गरेको छ । पालिकाले पुर्वधार विकास संगै स्वास्थ्य शिक्ष पर्यटनलाई समेत प्राथमितामा राखेर वजेट विनियोजन गरेको पाइएको छ ।


नगरपालिकाका उपप्रमुख बुढाथोकिले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र वजेटमा शिक्षा स्वास्थ्य, पुर्वधार निर्माण, कृषि, पशुपालन, सामाजिक विकास, महिला दलित जनजाती प्रत्येक क्षत्रमा समुचित बजेट बिनियोजन गरेको पाइएको छ । नगर स्तरीय योजना वाहेक वडा स्तरीय योजनाहरुका लागि प्रत्येक वडाहरुमा ५८ लाख वरावरको योजनाहरु छनोट भएका छन् ।
पालिकाले पुर्वधार विकास योजना अन्र्तगत च्योर्दुङलाई नगरको पर्यटकीय गन्तव्यको रुपमा विकास गराउने हेतुले संघिय सरकार संगको साझेदारीमा एकिकृत पर्यटन पुर्वधार विकास योजना यसै वर्ष सम्पन्न गर्ने र भगवन शिवको अग्लो मुर्ति स्थापना गरी सडक तथा पद मार्गको स्तरउन्नती गराउने योजना रहेको छ । एकिकृत च्योर्दुङ पर्यटन प्रर्वद्धनका लागि १ करोड ६९ लाख रकम विनियोजन गरेको छ । जिरी मालि स्यामा सडकका लागि संघिय सरकारको समपुरक अनुदान अन्र्तगत दुई करोड ३१ लाख रहेको छ भने प्रदेश समपुरक अनुदान अन्र्तगत जिरी फुपिङ झाँक्रे सडक र ल्यान्डफिल्ड साइड जिरी ६ को लागि दुई करोड ६१ लाख रकम रहेको छ । नयाँ सडक खोल्ने कार्यलाई निरुत्साहित गर्ने र भई रहेको सडकलाई स्तरउन्नती गर्ने नीति दिएको छ । नगरपालिका र वडा वडा कार्यालयहरुलाई जोडने सडक सधै चल्ने गरी स्तरउन्नती गरिने भएको छ । वडा कार्यालयहरु निर्माण गर्न वाँकी रहेको वडाहरुमा यसै वर्ष भित्रै वडा कार्यालयहरुको निर्माण सम्पन्न गर्ने तथा अन्य सामुदायिक भवनहरु निर्माणको लागि नगरपालिकाले वजेट बिनियोजन गरेको छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको जिरीले पर्यटकलाई आकर्षित गर्न पर्यटन पुर्वधाररुको विकास गराउने गरे पर्यटन सम्वन्धी विभिन्न योजनाहरुमा बजेट निर्माण गरेको छ । नगरपालिकाले एक वडा एक पर्यटकीय पार्कहरु समेत निर्माण गर्ने योजना अघि सारेको छ । किल्न ग्रीन र आर्गनिक जिरीलाई निरन्न्तर दिँदै बजेट विनियोजन गरेको पाइएको छ । नगरपालिकालाई सञ्चार मैत्री नगर बनाउने तथा दुर सञ्चार प्राधिकरण संग समन्वय गरी नगरपालिकाले सवै ठाउँमा भरपर्दो सञ्चार सेवाको विस्तार गरिने योजना रहेको छ । जिरी अस्पतालको सेवालार्ई विस्तार गरी ५१ सैया वनाइने र व्लड वैक र अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ ।

जिरी नगरपालिकाका नगर प्रमुख टंक जिरेलले जिरी नगरवासीहरुको मागको आधारमा र नगरवासीहरुको भाग्य र भविष्य जोडिएको नगर गौरवको आयोजनाहरुमा समुचित तरीकाले सवै क्षत्रलाई समेटेर वजेट प्रस्तुत गरेको बताउनु भयो । नगरपालिकाले सवै क्षत्रलाई समेटेर नगर बासीको अपेक्षा अनुसार जनतामैत्री वजेट प्रस्तुत गरेको भन्दै नगरवासीहरुले खुसी व्यक्त गरेका छन् ।