जिरी , दोलखाको जिरी नगरपालिकामा नेकपा माओवादी नेपाली काङ्ग्रेस लगाएत विभिन्न पाटी परित्याग गरि सयौं ब्याक्ती नेकपा एमालेमा प्रवेश गरेको छ ।
जिरी नगरपालिकामा आज आयोजना गरेको नेकपा एमालेको प्रथम नगर अधिबेशनको अबसरमा युवाहरु नेकपा एमालेमा प्रबेश गरेका हुन । विभिन्न पाटी परित्याग गरि एमाले प्रबेश गर्ने युवाहरूलाई नेकपा एमालेका नेता पुर्व संचार मन्त्री पार्वत गुरुङले पार्टीमा स्वागत गर्नु भएको छ । नगरपालिकाको विभिन्न वडाहरु तथा नगरकमिटिमा संलग्न रहि काम गर्दै आएका युवाहरु एमालेमा प्रबेश गरेका हुन । दोलखाको जिरी नगरपालिकामा एमालेमा नागरिकहरुको आकर्षण बढ्दै गएको छ ।