जिरी नगरपालिकामा एमाले निर्वाचित, प्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया वुढाथोकी

चरिकोट, ३ जेठ ः दोलखाको जिरी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

जिरी नगरपालिकामा गठबन्धनलाई पराजित गदै नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । नगर प्रमुखमा एमालेका मित्र बहादुर जिरेल र उपप्रमुखमा एमालेकै कृष्णमाया वुढाथोकी निर्वाचित हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । नगर प्रमुखमा निर्वाचित मित्र जिरेलले २ हजार ९ सय ४९ मत प्राप्त गर्नु भएको छ भने गठबन्धनका प्रतिस्पर्धी नेपाली काङग्रेसका लाक्पा शेर्पाले २ हजार ६ सय ९२ मत प्राप्त गर्नु भएको छ । नगर प्रमुखमा जिरेलले प्रतिस्पर्धी काङग्रेसका लाक्पा शेर्पालाई २५७ मतान्तरले पराजित गर्दै नगर प्रमुख निर्वाचित हुनुभएको हो ।

जिरी नगरपालिको उपप्रमुखमा एमालेकै कृष्णमाया वुढाथोकि निर्वाचित हुनुभएको छ । उपप्रमुख वुढाथोकीले गठबन्धनका प्रतिस्पधी नेकपा माओवादीका तेज बहादुर गोलेलाई पराजित गर्दै उपप्रमुखमा निर्वाति हुनुभएको हो । उपप्रमुख एमालेका कृष्णमाया वुढाथोकिले ३ हजार ४ सय ३४ मत प्राप्त गर्नु भएको छ भने प्रतिस्पर्धी तेज बहादुर गोलेले ३ हजार १ सय २० मत प्राप्त गर्नु भएको छ ।

जिरी नगरपालिकाको ९ वटै वडाको मत गणना सकिएको छ । ९ वटा वडा रहेको जिरी नगरपालिकामा माओवादी केन्द्रले ४ वटा वडा, एमालेले दुई वटा वडा, नेपाली काङग्रेसले २ वटा वडा र एकिकृत समाजवादीले एक वटा वडा निर्वाचित भई सकेको छ । नेकपा एमालेले नगर प्रमुख उपप्रमुख जितेपनी माओवादीले वडा नम्वर २, ३, ७ र ८ मा वडा अध्यक्ष सहित सिंगो प्यानाल माओवादीको निर्वाचित भएको छ । त्यस्तै नेपाली काङग्रेसले वडा नम्वर १ र ५ मा वडा अध्यक्ष सहित सिंगो प्यानल निर्वाचित भएको छ ।