जिरी नगरपालिकाद्वारा महासंघको भवन निर्माणलाइ दुई लाख सहयोग

प्रभु जिरेल
चरिकोट , जेठ १०,
नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माणका लागि जिरी नगरपालिकाले दुई लाख रुपैया सहयोग गरेको छ ।

दोलखाको जिरी नगरपालिले पत्रकार महासंघको चरिकोटमा बन्न लागेको भवनको लागि सहयोग गरेको हो । सोमबार नगरपालिकाको कार्यालयम मेयर टंक जिरेलले महासंघका अध्यक्ष जीवन लामालाई दुई लाखको चेक हस्तान्तरण गर्नु भएको हो । चेक हस्तान्तरण गर्नु हुँदै नगर प्रमुख जिरेलले पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले जिल्लाको सूचना मैत्री सुबिधा सम्पन्न भवन निर्माण गर्न लागेको र जिरी नगरपालिकाले समेत भवन निर्माणमा केही सहयोग होस भन्ने उदेश्यले नगरपालिकाले सहयोग गरेको बताउनु भयो ।

पत्रकार महासंघ दोलखले चरिकोट स्थित लामा चउरमा २०० बर्ग मिटर क्षेत्रफलमा सुबिधा सम्पन्न भवनको निर्माण गरि रहेको छ । महासंघको बन्न लागेको भवनमा दोलखाको सम्पुर्ण सुचना , संस्कृत झल्कने बस्तुहरु राखिने र जिल्लाकै सुचना मैत्री भवनको रुपमा बिकास गरिने अध्यक्ष जीवन लामाले बताउनु भयो। भवन निर्माणका लागि अन्य गाउँपालिका तथा नगरपालिकाले समेत सहयोग गर्दै आएको छ ।