दर्पण संवाददाता
जिरि, १७ माघ
दोलखाको जिरी अस्पतालबाट संचालन भइ रहेको कोरोना विरुद्धको खोपको प्रभावकारीताको अबस्थाको बारेमा जिल्ला स्तरिय खोप समन्वय समितिले आज अनुगमन गरेको छ ।
माग १४ गतेबाट लगाउन सुरु गरेको कोरोना विरुद्धको खोप जिरी अस्पतालबाट लगाउनेहरुको अबस्था र अस्पतालको ब्यबस्थापको बारेमा अनुगमन टोलिले अनुगमन गरेको छ । सरकारले निशुल्क उपलब्ध गराएको कोरोना खोप दोलखामा चरिकोट अस्पताल र जिरी अस्पतालबाट प्रदान गरि रहेको छ । जिरी अस्पतालबाट जिरी नगरपालिका र बैतेश्वोर गाउँपालिकाका नागरिकहरुलाइ सेवा प्रदान गरिएको छ । जिरी अस्पतालबाट आज मात्र ६८ जनाले खोप लगाएको छ । जिरी नगरपालिका बाट ३९७ जनाले लगाउनु पर्ने तार्गेट रहेकोमा आज सम्म २०३ जनाले खोप लगाइ सकेका छ्न । बैतेश्वोरको केही वडा र नगरपालिकाकै केही वडा टाढा रहेका कारण समय तालिका अनुसार खोप लगाउनेहरु दैनिक रुपमा आइ रहेको जिरी अस्पतालका डा स्मृति श्रेष्ठले बताउनु भयो । सरकारले पहिलो चरणमा स्वास्थकर्मी, सवारी चालक, स्वास्थ्य स्वयंसेबिकाहरुका लागि कार्याक्रम संचालन गरे पनि कतिपय लाई खोप लगाउनु हुन्न भन्ने भ्रम परेकोले केही असर नगर्ने हुदा ढुक्क भएर खोप लगाउन डा श्रेष्ठले आग्रह गर्नु भयो ।
१४ गतेबाट सुरु भएको खोप अभियानमा दोलखामा आज सम्म ६९७ जनाले खोप लगाइ सकेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डा बिभु झाले बताउनु भयो । चरिकोट अस्पतालमा आज १६४ जनाले खोप लगाएका छ । खोप लगाए पछि सामान्य ज्वरो आउने, रुघा खोकी लाग्नी जिउ दुख्ने जस्ता लक्ष्यण देखा पर्ने डा झाले बताउनु भयो । दोलखामा अहिले सम्म खोप लगाएका सबैको अबस्था सामान्य रहेको र कोहि बिरामी नभएको प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बताउनु भयो । खोप लगाए पछि शरिरिमा समस्या देखा परेमा स्वासप्रस्वासमा समस्या देखा परेमा सरकारलले बिरामिको हेलिकप्टर मार्फत उद्दार गरि उपचार गराउने ब्यबस्था मिलाएको र कसैलाइ तेस्तो समस्या भएमा स्वास्थ्यकर्मी संग सम्पर्क गर्न आग्रह गर्नु भयो । अनुगमन टोलिमा जिल्ला स्तरीय खोप समन्वय समितीका प्रमुख डवल पाण्डे, प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटी, दोलखा प्रहरी प्रमुख भेषराज रिजाल सहित सुरक्षा निकायका पदाधिकारीले संचारकर्मी लगाएतको सहभागीता रहेको थियो ।