कुमार जिरेल
जिरी ३ बैशाख
जिरी नगरपालिकाको आयोजनामा दोलखाको जिरिमा आज बाट तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।
जिरी नगरपालिकाकाे आयाेजना तथा जिरी माविकाे व्यवस्थापनमा जिरी नगरपालिका तेस्राे राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियाेगिता आज जिरी नगरपालिकाका नगर प्रमुख टंकबहादुर जिरेलज्यूकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति दाेलखाका प्रमुख डबल पाण्डेकाे प्रमुख आतिथ्यतामा भब्य समाराेहका साथ शुभारम्भ भएकाे छ । तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिताकामा जिरी नगरपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयका खेलाडी विद्यार्थीहरुकाे सहभागिता रहेकाे छ । खेलमा उत्कृष्ट हुने विद्यार्थी खेलाडीहरु प्रथम हुने समुहलाइ नगद २५ हजार, द्वितीय हुने समुहलाइ नगद २० हजार र त्रितिय हुने समुहलाइ नगद १५ हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । आज बाट जिरी माबिमा सुरु भएको खेल वैशाख ५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
जिरी माबिको खेल मैदानमा भइ रहेको खेलमा आज छात्र, छात्रा दुबैको भलिबलमा लिग चरणको खेलहरु सम्पन्न भएका छ्न । तेस्तै सट्फुट र ज्याभलिङ थ्रो पनि आजै सकिएको छ । ५ गते सनिबार जिरी एअरपोर्टमा रनिङ आयोजना गरिने आयोजकले बताएको छ ।
उद्घाटन समाराेहमा नगर उपप्रमुख कृष्णमाया बुढाथाेकी, जिल्ला समन्वय समितिका उपप्रमुख मनमाया जिरेल, प्रमुख प्रशासकीय अधिकृत जगदिशचन्द्र शिवाकाेटी, नेकपा एमाले जिरी नगरका टपिन्द्र खडका, नेपाली काङ्ग्रेस जिरी नगर सभापति साेनाम शेर्पा, शिक्षा विकास तथा समन्वय इकाई दाेलखाका प्रमुख शङ्कर बाबु श्रेष्ठ लगायतले खेलकुदकाे महत्व दर्शाउँदै खेलकुद सफलताकाे शुभकामना व्यक्त गर्नु भएको थियो ।
