जिरिको लिङ्कन बजारमा वन्ने भयो सुबिधा सम्पन्न व्यावसायिक भवन

दर्पण संवाददाता
जिरि साउन ४

दोलखाको जिरि नगरपालिकामा सुबिधा सम्पन्न ब्यवसायिक भवन निर्माण हुने भएको छ ।

जिरी नगरपालिकाको ब्यापारिक केन्द्र लिङ्कन बजारमा उक्त ब्यवसायिक भवन बन्न लागेको हो । भवन करिन ११ करोडको लागतमा निर्माण हुन लागेको हो । नगरबिकास कोष को ७० प्रतिशात र नगरपालिकाको ३० प्रतिशात लगानी रहने छ । ब्यवसायिक भवन निर्मानका लागि जिरी नगरपालिका र नगर बिकास कोष बिच सम्झौता भएको छ । पर्यटकिय नगरी जिरिमा चाप बढ्दै गएको र ब्यवसायिक भवनको आवस्यकता भएको हुदा भवनको निर्माण गर्न लागेको नगर प्रमुख टंक जिरेलले बताउनु भयो । ब्यवसायिक भवनले जिरिको पर्यटन र ब्यवसायलाइ फाइदा पुग्ने प्रमुख जिरेलले बताउनु भयो ।