जन्म दिनको अवसरमा पत्रकारको भवन निर्माणलाई गुभाजुद्धारा १० हजार पाँच सहयोग

दर्पण संवाददाता
चरिकोट, साउन २५

नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माणका लागि नेकपाका युवा नेता तथा समाजसेवी लक्ष्माण गुभाजुले १० हजार पाँच रुर्पाैया सहयोग गर्नु भएको छ ।

गुभाजुले आफनो जन्म दिनको अवसरमा शुक्रबार चरिकोटमा नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई नगद हस्ताणतरण गर्नु भएको हो । आफनो जन्म दिनको अवसरमा चरिकोटको लामाचौरमा नेपाल पत्रकार महासंघको निर्माण भई रहेको भवन निर्माणमा सहयोग पुगोस भन्ने उदेश्यले १० हजार पाँच रुपैया सहयोग गरेको गुभाजुले बताउनु भयो ।

पत्रकार महासंघ दोलखले चरिकोट स्थित लामा चउरमा २०० बर्ग मिटर क्षेत्रफलमा सुबिधा सम्पन्न भवनको निर्माण गरि रहेको छ । महासंघको बन्न लागेको भवनमा दोलखाको सम्पुर्ण सुचना , संस्कृत झल्कने बस्तुहरु राखिने र जिल्लाकै सुचना मैत्री भवनको रुपमा बिकास गरिने अध्यक्ष जीवन लामाले बताउनु भयो। भवन निर्माणका लागि अन्य गाउँपालिका तथा नगरपालिकाले समेत सहयोग गर्दै आएको छ ।