
यान्त्रिक शिल्पकारले देख्छ
तिमी भित्रको माधुर्य
अनि मेगाफोनले श्वासलाइ टाढा पठाएर सुन्छ
प्रकृतिको मिठो संगीत
जब ढोकामा नयाँ पाइला टेकिन्छ
डुडबाट नयाँ शितको थोपा झर्छ
आमाले एउटा नयाँ शब्द बोल्नुहुन्छ
अनि बिद्रोह र उपद्रभ नगरिकन निस्कन्छ
सबैभन्दा भित्रको पुरानो याद बोकेर निरुपद्रभी त्यो मान्छे ।।
शिरकका सानासाना रुवाका पत्र पत्र मिलेर
बनेको त्यो सिङ्गो समुहले
तिमिलाइ नयाँ सपना दिन्छ ।।
मसि भर्खर हालिएको कलमले
अनायासै गरिदिन्छ
तिमिमा स्मृतिका रोपाइहरु
ठेलमठेल, धक्का धक्की गरेर
तिम्रा इच्छाका गगनमा नयाँ पवन चल्छ
तिमिभित्र गुप्ती राखेको मान्छेले
छुट्ट्याउन सक्दैन ती सुर्यका नवीन किरणहरु
जसले तिम्रै गित गाएर
दुखको दुब्लो साघु तरिरहेका हुन्छन्
गइरहेको हुन्छ पुरानो लाहुरे समय
क्षितिज काटेर तिमिमा कहिल्यै नफर्किनेगरी
किराका टाउकाहरुमा नयाँ रङ्ग आउँछ
अनि प्रमक्त बनेर नाच्छ
तिम्ले रचेको आकाशमा
निद्रानाश गरेर रातभर
पोस्ताको रस पिएर
पुग्छ तिमी भित्रको पबित्र मक्कामा
पुग्छ तिमी भित्रको अटल सगरमाथामा
जहाँ सौर्न्दर्यका बिशाल तक्माहरु टासिएका छन्
अनि साक्षात्कार हुन्छ त्यो मुख्य
नगरको निवासी सग
त्यो तिमी
अनि खोल्छ सानो स्वरलाइ तिखो र बुझिने पार्ने यन्त्रबाट
Happy Birthday
अनि भेट्छ तिमिभित्रको तिमिलाइ
तिमिलाइ जन्मदिनको शुभकामना
तिमी तिमिनै बन्नु
Happy Birthday
जन्मदिनको शुभकामना तिमिलाइ
लेखक : रविन्द्र ढुङगेल
शैलुङ गाँउपालिका वडा नं. ४ दोलखा