दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्वर ४ हिलेपानीमा निशुल्क प्रजनन स्वास्थ्य रोग सम्वन्धी शिविर सम्पन्न भएको छ ।
जनस्वास्थ्य कार्यालय दोलखाको आयोजना र कालिन्चोक गाउँपालिको समन्वयमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा विशेषज्ञ चिकित्सकहरुद्धारा प्रजनन स्वास्थ्य रोग सम्वन्धी परिक्षण गरिएको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । एक दिने शिविरमा करिव २ सय ३० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा अन्सटे«टिक फिस्टुला, आङखस्ने समस्या पहिचान रिङपेसरी लगाउने तथा पे्रषन, तल्लो पेटको समस्या पहिचान , स्त्री रोगको उपचार, पाठेघरको मुखको क्यान्सर पहिचानको लागि भिआइए जाँच उपचार तथा प्रृेषण सेवा प्रदान गरिएको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
वागमती प्रदेश वन तथा वातावरण मन्त्री भरत बहादुर केशीले शिविरको उदघाटन गर्नुभएको थियो । शिविर उदघाटन गर्नुहुँदै मन्त्री केशीले सरकारले विभिन्न रोगहरुको उपचारको लागि सहुलियत प्रदान गर्दै आएको र कतिपय ठाउँमा रोग लुकाएर वस्ने र गम्भीर समस्या भए पछि मात्र अस्पताल जाने जस्ता समस्या भएको हुँदा नियमित स्वास्थ्य परिक्षण गराउनका लागि आग्रह गर्नु भयो ।
शिविरमा पशुपती चौलागाई स्मृती अस्पताल चरिकोट र धुलिखेल अस्पताल दोलखाले प्राविधीक सहयोग गरेको थियो ।
