नवीनकुमार खतिवडा
मैनापोखरी, ४ भाद्र
दोलखाको बैतेश्वर गाउँपालिका मैनापोखरी स्थित जनसचेतन बचत तथा ऋण सहकारी सस्थाले रजत जयन्ती को अबसर मा स्थापना गरेको जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरुस्कारबाट राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष एवम नेपाल बचत तथा ऋृण केन्द्रीय सहकारी संघ नेफ्स्कुनका पुर्व अध्यक्ष मिनराज कडेललाई सम्मान गरेको छ ।
सहकारीको क्षेत्रमा लागेर राष्ट्रिय योगदान पुर्याउने ब्यक्ति लाई प्रदान गर्ने उक्त पुरस्कारको राशि २५ हजार १ रुपैया रहेको छ । सस्थाको २६ औ साधारण सभाको दिन शनिबार जनसचेतन साकोसका संस्थापक अध्यक्ष एवम् जनसचेतनका प्रमुख संरक्षक यज्ञराज ढुङेल र संस्थापक कोषाध्यक्ष एवम संरक्षक पुष्कर कुमार दहालले संयुक्त रुपमा उक्त पुरुस्कार प्रदान गर्नु भएको हो ।
जनसचेतनका अध्यक्ष भीम प्रसाद दहालको अध्यक्षतामा भएको साधारण सभा मा आफ्नो मन्तव्य राख्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा पुरस्कृत ब्यक्तित्व मिनराज कडेलले सहकारीले अब आफ्ना सदस्यहरुलाई उत्पादनमा लागाउनु पर्ने भन्दै यस तर्फ लाग्न सहकारी लाई आग्रह गर्नु भयो । उहाले सबल सहकारी मार्फत दिगो बिकाल लक्ष्यका लागि सहकारी भन्ने मुल नारालाई सहयोग गर्न आग्रह गर्नु भयो । सस्थाले आफ्नो सदस्यको जीवन शैली बदल्न लाग्नु पर्ने भन्दै उहाँले कृषि प्रधान मुलुकमा क्रमश जमिन बाझो हुँदै गएको र यसो हुनु राम्रो नहुने हुनाले बाझो रहेको जमीनमा माटो सुहाउँदो उत्पादनमा लाग्न आग्रह गर्दै यसतर्फ सहकारीले लगानी गर्नु पर्ने बताउनु भयो । कार्यक्रम मा आफ्नो भनाई राख्दै जनसचेतनका सस्थापक अध्यक्ष यज्ञराज ढुङेललेले सस्था स्थापनाको समय स्मरण गर्दै अब सस्थाले सदस्यमुखी कार्यक्रम गर्नु पर्ने भन्दै सस्था अब मजबुत भएको र यसले सदस्यमुखी कार्यक्रम गर्न सक्ने भएको बताउनुभयो । उहाले आगामी दिनमा सदस्य हरुको स्वास्थ बिमा कार्यक्रम गर्न समेत आग्रह गर्नु भयो । पछिल्लो समय समाजमा विभिन्न सामाजिक विकृतीहरु देखा परेकोले यसको नियन्त्रणमा लाग्न सहकारीका सदस्य लाई आग्रह गर्नुभयो । कार्यक्रममा सस्थाका सस्थापक कोषाध्यक्ष पुष्करकुमार दहालले जनसचेतन नीति विधि र प्रबिधि अनुरुप संचालन भएको मा खुसी व्यक्त गर्दै आफू साबिक काब्रेको गाबिस अध्यक्ष पनि भएको र सो समयमा आफुले नमुना कार्य गरेको सम्झदै राज्यको समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्न सहकारीको पनि योगदान रहने बताउदै उहाले यो अभियान मा लाग्न सहकारी लाई आग्रह गर्नुभयो ।
साधरण सभामा सस्थाका सचिब मीन प्रसाद दहालले प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष कमल दहालले आर्थिक प्रतिबेदन तथा लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक गोपालध्वज श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । दोलखा जिल्ला भर कार्यक्षेत्र रहि सेवा पुर्यादउदै आएको यस सहकारीमा २७ हजार सदस्य तथा १ अर्ब ३४ करोड कुल पुजी रहेको छ । यो सस्था सस्थाहरुको गुणस्तर सुनिश्चितता सम्बन्धि अन्तरास्ट्रिय स्तरको प्रमाणीकरण कार्यक्रम एक्सेस ब्रान्ड अन्तर्गत एसियायी ऋण महासंघबाट सिल्भर ब्रान्ड प्राप्त सहकारी हो । सस्थाले बचत तथा ऋणको अलवा विभिन्न सामाजिक कार्यहरुमा पनि कार्य गर्दै आएको छ ।
सस्थाका उपाध्यक्ष हेमन्त चौलागाईंका अनुसार सस्थाले ७५ बर्ष पुगेका शेयर सदस्य हरु लाई आजिवन मासिक ५०० भत्ता जनसचेतन आजिबन साहारा उपलब्ध गराउदै आएको छ भने गरिब जेहेन्दार छात्रवृत्ति, सदस्यहरुलाई उपचार सेवा मा छुट, उत्कृष्ट बचत कर्ता, ऋणी, शेयर खरिद कर्ता सम्मान लगाएतका कार्यक्रम हरु रहेका छन साथै सस्थाले सदस्य सुरक्षा कोष कार्यक्रम मार्फत सदस्यको मृत्यु पश्चात् परिवारको आर्थिक सुरक्षा गर्ने अभिप्रायले मृत्यु हुँदा आश्रित परिवारलाई १० हजार देखि ४० हजार सम्म प्रदान गर्दै आइरहेको छ ।
