दर्पण संवाददाता
मैनापोखरी, १८ माघ
दोलखाको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रचण्ड नेपाल समुहलाई फराकिलो मतान्तरल पराजित गर्दै ओली सम्ुहका माधव प्रसाद दहाल निर्वाचित भएका छन् ।
दोलखाको वैत्येश्वर गाउँपालिका वडा नम्वर ५ मा रहेको जिल्लाकै प्रतिष्ठत सहकारीमा हिजो भएको निर्वाचनमा प्रतिस्पधी सिताराम दाहाललाई ९ सय ९६ मतले पछि पार्दै माधव प्रसाद दाहाल विजयी हुनुभएको हो । हिजो भएको निर्वाचनमा खसेको ३१९२ मत मध्ये ओली समुहका माधव दहालले १ हजार ९ सय ३० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पधी सिताराम दाहालले ९ सय ३४ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा १ हजार ९ सय ५३ मत सहित गिता कृष्ण शर्मा विजयी हुनु भएको छ भने उहाँका प्रतिस्पधी शंकर बस्नेतले ७ सय ७४ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी साविक काभ्रेको संञ्चालक समितिको लागि प्रतिस्पधी रविन दाहाल र यम बहादुर घिमिरेललाई पछि पार्दै राजन कुमार दाहाल विजयी हुनु भएको छ । दाहाल १ हजार ४ सय ७७ मत प्राप्त गरी विजयी हुनुभएको हो भने प्रतिद्धोन्दी रविन दाहालले ५ सय ४९ र यम बहादुर घिमिरेले ४ सय १३ मत प्राप्त गर्नुभएको छ । यस्तै नाम्दु क्षेत्रको सदस्यमा कमल प्रसाद चौलागाँईले १ हजार ९२ मत ल्याई विजयी हुनु भएको छ भने प्रतिस्पधी नबराज खड्काले ९ सय ६५ र दधिराम घिमिरेले ४ सय १९ मत प्राप्त गर्नुभएको छ । दलित जनजाति सदस्य तर्फ गिता भुजेलले १ हजार ८ सय ३१ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँको प्रतिस्पधी ढलक बहादुर जिरेलले ६ सय ४८ मत प्राप्त गर्नुभएको छ ।

१२ हजार श्येर सदस्य रहेको सहकारीमा सर्वसम्मत नयाँ कार्यसमिती चयन हुन नसके पछि अध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुका लागि हिजो निर्वाचन भएको थियो । सहकारीको निर्वाचनमा अध्यक्षमा विजयी माधब दहाललाई नेकपाको ओली समुहले समर्थन गरेको थियो भने सिताराम दहाललाई प्रचण्ड माधव नेपाल समहले सहयोग गरेको थियो । अध्यक्षका दुवै प्रतिस्पधी नेकपाका हुन् । अध्यक्षका लागि दुवै जनाले उमेद्धारी दिएपछि नेकपा भित्रको फुटका कारण दुई भागमा विभाजन भएको थियो । नेकपाका जिल्ला स्तरीय नेता देखि सांसद सम्म दहाल नेपाल समुहका सिताराम दहललाई विजयी गराउनका लागि फिल्डमानै खटेर लागेका थिए । जिल्ला स्तरीय नेताहरुनै बिभाजन भई अध्यक्षको लागि खुलेर सर्मथन र विरोधमा लागेपछि कडा प्रतिस्पर्धा हुने अनुमान गरीको थियो । दहाल नेपाल समुहका नेताहरुको राम्रो क्षेत्र मानिने मैनापोरी बजारमा नेताहरु खुलेरै सर्मथनमा लागेका कारण प्रतिस्पर्ध हुने अनुमान गरेको भएपनी ओली समुहका मानिने माधव दहाल ठुलो मतान्तरले विजयी भएको हो । पुर्व अध्यक्ष समेत भएका माधव दहाललाई संस्थागत विकास गराई जिल्लाकै प्रतिष्ठत सहकारीको रुपमा विकास गराउन सफल भएको भन्दै श्येर सदस्यहरुले उनैको नेतृत्व आवश्यक रहेको भन्दै मतदान गरेको पाइन्छ ।
