नवीनकुमार खतिवडा
असोज २८ मिर्गे
दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्वर ३ मिर्गे यार्सा स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था ली. को १९ औ बार्षिक साधारणसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष अमृत शेर्पाको अध्यक्षतामा भएको सधारण सभामा प्रमुख अतिथि प्रदेश ३ का माननीय संसद विशाल खड्काले कार्यलय भवन उद्धघाटन गर्दै सहकारीहरुले सदस्यहरुको सामाजिक एकता, आर्थीक समृद्धिको लागि काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सहकारीको पुजिलाई उत्पादनमा लगाउन समेत आग्रह गर्नुभएको छ । उहाले नागरिकलाई जवाफदेही बनाउने कार्य पनि सहकारीले गरेको बताउनु भयो ।
साधरणसभामा सस्थाका सचिब कर्ण दोर्जे शेर्पाले सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष तेन्जिङ शेर्पाले हाल संस्थाको कुलपुजी ६ करोड ९६ लाख ५१ हजार ४ सय ७ रुपैया, शेयर ६२ लाख ३४ हजार ८ सय रुपैया, बचत ५ करोड २८ लाख ३७ हजार ५ सय ८७ रुपैया बराबरको संस्थाको वित्तिय प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । साथै लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक शेषनारायण दहालले प्रस्तुत गर्नुभएको थियो । संस्थाले विभिन्न ७ प्रकारको बचत सेवाहरु प्रदान गर्दै सदस्यको छ ।

संस्थाले बार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी, जेष्ठ सदस्य, असल ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट व्यवसायी, क्भ्भ् मा उत्कृष्ट हुने विद्यार्थी सम्मान, छात्रवृत्ति लगायतका विधामा आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । कार्यक्रममा बिशेष अतिथि बैतेश्वर गाउँपालिका दोलखाका उपाध्यक्ष रबिचन्द्र आचार्यले सहकारी ले सहकारी ले ग्रामीण समुदायको बिकासमा पुर्यााएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा सहकारी सङ्ग सम्बधित कार्यक्रममा गाउँपालिका संग सहकार्य गरि अघि बढ्ने बताउनु भयो । कार्यक्रममा दोलखा जिल्ला बचत संघका अध्यक्ष जिवसराज खड्का, जिल्ला सहकारी संघका सन्चालक हर्कमान पाख्रीन, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । हाल संस्थामा २ हजार ५ सय ८० जना सदस्य रहेका छन ।
सस्थाका उपाध्यक्ष केदार दहालका अनुसार क्भ्भ् तयारी कक्षाको लागि सदस्य वा सदस्य को छोराछोरी लाई जनही रु ५०० को दरले रकम उपलब्ध गराउने,महिला शेयर सदस्य सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत रु १००० उपलब्ध गराउने,महिला शेयर सदस्य पेवावृद्दी कार्यक्रम अन्तर्गत सहुलियत ब्याजदरमा व्यावसायिक रुपमा आलु, बगुर र बाख्रापालन कार्यक्रमको लागि ऋण लगानी गर्ने लगाएतका सदस्यमुखी कार्यक्रम रहेको जानकारी दिनुभयो ।
