च्छो–रोल्पा अस्पतालको रेडक्रसलाई सहयोग

१५ जेष्ठ
च्छोरोल्पा जनरल अस्पताल प्रालि चरिकोटले नेपाल रेडक्रससोसाइटी जिल्ला शाखा दोलखाद्धरा संचालित रक्त सञ्चार सेवाको लागि एक लाख रुपैया सहयोग गरेको छ ।
दोलखा जिल्ला रेडक्रसले सञ्चालन गरेको रक्त सञ्चार सेवाको लागि थप टेवा पुगोस भन्ने उदेश्यले गणतन्त्र दिवसको अवसरमा अस्पतालले उक्त रकम हस्तान्तरण गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठले एक लाख रुपैयाँको चेक नेपाल रेडक्रश सोसाईटी दोलखाका सभापति गोकर्णप्रसाद पोखरेललाई हस्तानतरण गर्नु भयो । चेक बुझुनुहुदै रेडक्रसका सभापति गोकर्णप्रसाद पोखलले दोलखा जिल्लामा रगत अभावको कारणले कसैलाई पनि समस्या भोग्न नपर्ने गरी काम गर्ने बताउनु भयो । उहाँले जेष्ठ नागरिकलाई आवश्यक प्रमाणको आधारमा निःशुल्क रक्त सञ्चार सेवा उपलब्ध गराईने पनि बताउनु भयो ।