चितुवाको छाला सहित मैनापोखरीबाट तिन जना पक्राउ

दर्पण संवाददाता
दोलखा, ६ भदौ,  दोलखाको मैनापोखरीबाट चितुवाको छाला सहित तिन जना पक्राउ परेका छन् ।

चितुवाको छाला सहित दोलखाको बैतेस्वर गाउँपालिका वडा नम्बर ४ का ३३ बर्षिय प्रदिप गजमेर जिरी नगरपालिका वडा नम्बर ९ लेखखर्कका ४८ बर्षिय नारद सुनुवार र सोही स्थानका ३५ बर्षिय बेद वहादुर सुनुवार पक्राउ परेका हुन् ।

तिन जनालाई मैनापोखरीमा चितुवाको छाला विक्रिका लागि ग्राहक खोज्दै गरेको अवस्थामा पक्राउ गरिएको र उक्त कार्यमा थप एक जना समेत संलग्न रहेको सुचनाको आधारमा अनुसन्धान भई रहेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक बासुदेव पाठकले जानकारी दिए। पक्राउ परेका तिन जनालाई आज प्रहरीले पत्रकार सम्मेलन गरी सर्वजनिक गरेको छ ।

चितुवाको सिकार गरी केहि व्यक्तीहरु त्यसको तस्करीमा संलग्न रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय दोलखाबाट प्रहरी निरीक्षक माधव प्रसाद  काफ्लेको कमानडमा टोली खटेको र सो टोलीले मैनापोखीबाट उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई थप अनुषन्धान पछि डिभिजन बन कार्यालय दोलखामा बुझाउने प्रहरीले जनाएको छ ।