
दोलखाको धार्मिक पवित्र स्थल चर्णवती धाममा निर्माण भएको जेष्ठ नागरिक सेवा केन्द्र भवन संचालनका लागि आयोजना गरिएको महायज्ञको तयारी तिव्र पारिएको छ । दोलखाको तामाकोशी नदी र चर्नावतीको संगम स्थल धार्मिक रुपमा पवित्र स्थलकोे रुपमा रहेको चर्नावतीमा निर्माण गरिएको जेष्ठ नागरिक भवन संचालनकको लागि समितीले यहि जेठ ७ गते देखि १५ गते सम्म महायज्ञको आयोजना गरिएको छ ।
धार्मीक रुपमा चर्नावतीमा आयोजना गर्न लागिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रमको तयारी तीव्र पारिएको चर्नावती त्रिवेणी विकास प्रर्वद्धन समिती दोलखाका अध्यक्ष गुण बहादुर वुढाथोकीले जानकारी दिनुभयो । तामाकोशी स्थित चर्णवतीमा विभिन्न निकयको सहयोगमा सुविधा सम्पन्न भवन निर्माण भएता पनि संचालनका लागि रकम नभएका कारण भवन हाल सम्म संचालनमा आउन सकिरहेको थिएन । जेष्ठ नागरिक भवन संचालनको लागि केहि रकम संकलन गर्ने र चर्नावती धामको प्रचार प्रसार गर्ने उदेश्यले यहि जेठ ७ गते देखि १५ गते सम्म महायज्ञको आयोजना गरिएको समितीका प्रचार संयोजक शिवकुमार भुजेलले जानकारी दिनुभयो । महायज्ञ संचालनको लागि तयारी तिव्र पारिए संगै विभिन्न क्षत्र तथा निकायहरुबाट सहयोग जुटने क्रम सुरु भएको छ । हाल सम्म विभिन्न व्यक्ति तथा संस्थाहरु मार्फत महायज्ञको लागि १ लाख ६६ हजार रुपौया आथिक संकलन भई रहेको संयोजक भुजेलले जानकारी दिनुभयो ।
 
 