दर्पण संवाददाता
चरीकोट, ४ चैत्र
लामो समय देखि सडक निर्माणको जिम्मा दिएर निर्माणको काम नगरि सडक अलपत्र पारेको भन्दै निर्माण कम्पनीलाई दोलखाका नागरिकहरुले विरोध स्वरुप १ रुपौया सहयोग संकलन गरि हस्ताणतरण गरेको छ ।
मुडे चरीकोट सडक खण्ड पाँच वर्ष देखि विभिन्न वहानमा निर्माण कम्पनीले अलपत्र पारेर काम नगरेको भन्दै नागरिक समाज तथा संघर्ष समितिले विरोध गर्दै एक रुपौया सहयोग संकलन गरि निर्माण कम्पनीलाई हस्ताणतरण गरेको हो । ७ सय ४ जना नागरिकहरुबाट रु एक एक रुपौया संकलन गरि जम्मा भएको रु ७०४ रुपौया लामोसांघु चरिकोटक सडक निर्मांण आयोजना कार्यालयका प्रमुख दिप वराहीलाई हस्ताण्तरण गरिएको छ । मुडे चरिकोट सडक खण्ड पाँच वर्ष देखि निर्माणको जिम्मा लिएर भत्काएको र समयमा कालोपत्रे नगरि निर्माण कम्पनी संग रकमको अभाव भएर सडक अलपत्र पारेको भन्ने सुन्नमा आएको हुँदा नागरिकहरुबाट सहयोग स्वारुप रु एक रुर्पाैया संकलन गरि निर्माण कम्पनीलाई दिएको नागरिक समाज दोलखा संयोजक चिरञ्जीवि मास्केले बताउनु भयो । सडक भत्काएर मात्र छाडेको र वर्षामा हिलामम्मे हुने र हिउँदको समयमा धुलाम्य हुनुका साथै सडक कालोपत्रे गर्ने उपयूक्त समयमा समेत निर्माण कम्पनीले काम सुरु नगरे पछि कम्पनीलाई आर्थिक अभाव भएको भन्ने सुन्नमा आएको हुँदा विरोध स्वरुप रकम संकलन गरि ठेकेदारलाई सहयोग गरेको संघर्ष समितिदे जनाएको छ । 
मुडे देखि चरिकोट सम्मको ३० किलोमिटर सडक दुई वर्षमा काम सम्पन्न गरी हस्ताण्तरण गर्ने गरी २०७२ साल भाद्र महिनामा सम्झौता गरि शकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ति जेभी कम्पनीले जिम्मा लिएको भएता पनि पाँच वर्ष वितिसक्दा समेत निर्माण हुन सकेको छैन् । भारतिय एक्जिम बैङ्कको एक अरब २४ करोड ऋण सहयोगमा निर्माण हुन लागेको खाडिचौर चरिकोट सडक खण्ड अन्र्तगत पहिलो चरणको खाडिचौर देखि मुडे सम्मकोे २५ किलोमिटर सडक कालोपत्रे गरी अन्तीम चरणमा पुगेको भए पनि मुडे देखि चरिकोट सम्म ३० किलोमिटर सडक खण्डको काममा विगत तिन वर्ष देखि कुनै प्रगती हुन सकेको छैन् ।
निर्माण कम्पनीलाई समयमानै काम गर्नका लागि पटक पटक ताकेता गर्दा पनी काम नगरेको र वेवास्ता गरेको भन्दै सडक डिभिजन कार्यालयले जरिवाना लगाएको छ । निर्माण कम्पनीले काम समयमा सम्पन्न नगरेका कारण ८ करोड जरिवाना तिर्न वाँकी रहेको छ । निर्माण कम्पनीलाई सडक निर्माणका लागि अन्तीम पटक छलफल भएको र केहि दिन भित्रमानै काममा नआएमा सम्झौता रद गरि नयाँ प्रकृयामा जान आयोजना कार्यालयले तयारी गरि रहेको र सम्झौता रदको लागि सवै प्रकृया पुरा भएको हुँदा निर्माण कम्पनी संगको सम्झौता रद गरिने आयोजना प्रमुख वराहीले बताउनु भयो ।
पाँच वर्ष देखि सडक अलपत्र पारे संगै दोलखाका नागरिकहरुले जोखिमपुर्ण यात्रा गर्न वाध्य हुनुका साथै अर्थतन्त्रमा समेत ठुलो प्रभाव पारेको छ । पर्यटकीय हिमाली जिल्ला दोलखामा भ्रमणका लागि आउने आन्तरिक तथा वाह्य पर्याटकहरुले समेत जोखिमपुर्ण यात्रा गर्नका लागि वाध्य भएका छन् ।
