चरिकोट-भ्यू टावर पुग्दा देखिएको प्राकृतिक दृष्य (फोटो फिचर)

चरिकोट देखि भ्यू टावर पुग्दा पत्रकार जीवन लामा र प्रभु जिरेलले खिचेका तस्विरहरु

प्राकृतिक मनोरम दृष्य अवलोकन गरी स्वर्गीय आनन्द लिनका लागि आन्तरिक तथा वाह्य पर्यटक दोलखा चरिकोट आउने गर्दछन् ।

चरिकोट बजार

प्राकृतिक सुन्दरता अबलोकन गर्ने केन्द्र बनेको छ अहिले दोलखाको भ्यू टावर । भिमेश्वर नगरपालिका भित्र रहेको यो भ्यू टावरबाट प्रायः दोलखाको सवै ठाँउ देख्न सकिन्छ ।

सिमपानी पोखरी

छुट्टिको समय आफन्त घर परिवार संग समय विताउने थलो बनेको छ भ्यू टावर ।

खोलामा खेलेर रमाउदै बालबालिका

चरिकोटबाट करिव १ घण्टाको हिडाइमा भ्यू टावर पुग्न सकिन्छ । सो ठाँउ सम्म सडक यातयात जोडिएको छ । सडक यातयात जोडिएता पनि अधिकांस पर्यटक हिडेर जाने गरेको पाइन्छ ।

काठको सिढी -भ्यू टावर हिडेर जाने बाटो

सो टावर सम्म पुग्दा विभिन्न प्राकृतिक सुन्दरताहरु देख्न सकिन्छ ।

बर्षाको समयमा फुल्ने एक प्रजातिको फुल

सो दृष्य क्यामेरामा कैद गर्नको लागि पनि पर्यटकहरु हिडेरै जाने गरेको पाइन्छ ।

पोखरी

भिमेश्वर नगरपालिकाले निर्माण गरेको सो टावर पर्यटकिय हिसावले राम्रो गन्तव्य भएको र नगरपालिकाले त्यसको व्यवस्थापन गरिरहेको नगर प्रमुख भरत केसीको भनाई छ ।

चरिकोट बजार

भ्यू टावर पग्ने बिच बाटोमा सामुदायिक बन छ ।

चराहरुको चिरविर आवाज सहित प्राकृतिक सुन्दरता अवलोकन गर्दै बन लाई छिचोल्दै गर्दा समथर चउरहरुले पर्खिरहेका हुन्छन् ।

भूत पोखरी

 

हरियाली समथर चउरमा पुगे पछि फोटो नखिची फर्कने पर्यटक सायदै कम हुन्छन् ।

प्रकृतीसंग रमाउदै पर्यटक

बाटोमा भेटिने बिभिन्न प्रजातिका फुलहरुले स्वागत गरि रहेको महसुस हुन्छ ।

फुल
घङगारु-एक प्रकारको फल जुन खाने पनि गरिन्छ ।
जंगलको बिचबाट देखिएको भ्यू टावर

 

भ्यू टावर जाने बाटो
भ्यू टावर
चरिकोट बजार