चरिकोटमा ब्लड बैक पुनः सेवा सुरु

दर्पण खबर दोलखा बैशाख १६  दोलखाको सदरमुकाम चरिकोटमा ब्लड बैकले पुनः सेवा सुरु गरेको छ ।
विनासकारी भुकम्पको कारण नियमित सेवा दिन नसकिरहेकोमा भवन प्रवलिकरण गरेपछि पुनः आज बाट ब्लड बैकले सेवा सुरु गरेको हो ।
बैकको पुनारम्भको अबसरमा सिर्जना सुवेदी, सुप्रिम जोसी, विक्रम कार्की, मनिल श्रेष्ठ, र सुसना फुयालले रक्तदान गरेको आयोजकले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी दोलखा अन्र्तगत रहेको चरिकोट व्लड बैकका संयोजक बाबुकाजी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सम्वन्य समिति दोलखाका प्रमुख डवल पाण्डेको अतिथ्यतमा भएको कार्यक्रमा रक्तदान गरि बंैकको पुनः सुरुवात गरिएको हो ।
यस अघि २०६५ सालमा स्थापना भइ २०७२ सालको भुकम्पमा क्षति पुगे पछि बैकको सेवा अनियमित भएको थियो ।
४० पिन्ट भण्डारण भएको बैक पुनः सुरु गर्न चरीकोटका ४ ओटा अस्पालका संञ्चालकहरुले सहयोग गर्न प्रतिबद्धता जनाएका छन् भने समुदायिक अस्पतालका संञ्चालक अमृत बुढाथोकीबाट ५० हजार सहयोग प्राप्त भइसकेको बताइएको छ ।