चरिकोटमा पवन गिरीको लाइभ प्रस्तुतीमा कन्र्सट भब्य सम्पन्न

दर्पण संवाददाता
चरिकोट, २९ मङ्सिर

संगितिक क्षेत्रमा नेपालकै उत्कृष्ट लोकप्रिय कार्यक्रम नेपाल आइडल सिजन २ को टप ६ मा पुग्न सफल दोलखाली कलाकार पवन गिरीले आज चरिकोटमा विशेष संगितक प्रस्तुती दिएका छन् ।

एपि वान टेलिभिजनबाट प्रशारण हुने कार्याक्रम नेपाल आइडलको मञ्चमा धमकदार प्रस्तुती दिदै देश विदेशमा रहेका नेपालीहरुको मन जित्न सफल कलकार पवन गिरीले लोक, पप, रक लगाएतको विधाका गितहरु प्रस्तुत गरी सवैलाई नचाएका थिए । चरिकोटको सातदोवाटोमा आज आयोगित संगितिक कन्र्सट कार्यक्रमा हजारौँको संख्यामा उपस्थित भएका आफ्ना सर्मथकहरुलाई आफनो प्रस्तुती मन पराई नेपाल आइडलको टप ६ सम्म पु¥याउन सहयोग गरेकोमा पवन गिरीले सवै सर्मथक सहयोगीहरुलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।

निम्फा दोलखाले आयोजना गरेको संगीतिक कन्र्सट कार्यक्रममा दोलखाका विभिन्न संघ संस्थाले पवन गिरीलाई सम्मान समेत गरेको छ । पवन गिरीको प्रस्तुती हेर्न चरिकोटमा हजारौ दर्शकहरु उपस्थीत भएका थिए । गृह जिल्ला दोलखामा आयोजना गरेको कार्यक्रममा सहभागी हुन कलकार गिरी शुक्रवार दोलखा आएका थिए ।