चरिकोटमा पनि सुरु भयो पब्लीक शौचालय अभियान, ड्रिम्स क्याफेबाट सुरुवात

२५ जेठ : काठमाण्डौको होटलहरुको शौचालयलाई सार्वजनीक शौचालयको रुपमा प्रयोग गर्ने अभियान दोलखाको सदरमुकाम चरीकोटको होटलहरुमा पनी सुरु भएको छ ।

काठमाण्डौ सहरमा जस्तै चरिकोट बजारमा समेत सार्वजनीक शौचालय नभएको अवस्थालाई मध्यनजर गरी विचबजारको ड्रिम्स क्याफेले सार्वजनीक शौचालयको अभियानलाई सुरुवात गरेको हो । यात्रु तथा आगन्तुकहरुको समस्यालाई ध्यानमा राखी आफूले अभियानकै रुपमा होटलको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न सकिने गरी यो अभियान सुरुवात गरेको क्याफे संचालक भरत श्रेष्ठले बताउनुभयो । काठमाण्डौ लगाएत देशको विभिन्न ठाउँहरुमा यो अभियान सुरुवात भई सकेको भएता पनी सदरमुकाम चरीकोटमा ड्रिम्स क्याफेले आजबाट यो अभियान पहिलो पटक सुरुवात गरेको हो । यो अभियानले नागरिकहरुलाई सहज हुुनुका साथै सफा सहर निर्माणका लागि सहयोग पुग्ने होटलका संचालक भरत श्रेष्ठले बताउनु भयो ।

क्याफेले सार्वजनीक शौचालयको अभियान चलाए पछि सदरमुकामको मुख्य वजार क्षत्र विचबजारका आगन्तुक यात्रु तथा पर्यटकहरुका लागि सहज हुने भएको छ । पर्यटकीय जिल्ला दोलखाको सदरमुकाम चरिकोटमा दैनिक हजारौँ यात्रुहरुको चहलपहल हुने क्षत्रमा सार्वजनीक शौचालय नहुँदा समस्या हुँदै आई रहेको छ । सातदोबाटो क्षत्रमा यात्रुहरुलाई मध्यनगर गरी सार्वजनीक शौचालय निर्माण गर्नका लागि नागरिकहरुले पटक पटक आग्रह गर्दै आई रहेका छन् ।

आफ्नो क्याफेका शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न पाउँदा पर्यटकलाई सहज हुने व्यवसायी श्रेष्ठले बताउँछन् । अब सामान किन्न आउने तथा चरिकोट बजार घुम्न आउने आफ्नो क्याफेमा रहेको शौचालय प्रयोग गर्न पाउने उनले बताए । राजधानी काठमाडौंदेखि छोटो दुरीको पर्यटकीय जिल्ला दोलखामा एउटा पनि सार्वजनिक शौचालय बन्न नसक्नु दुखद् रहेको र वाहिरी जिल्लाबाट आउने पर्यटकहरुलाई समस्या पर्नुका साथै जिल्लाकै वेइज्त हुने हुँदा आफ्नै क्याफेको शौचालयलाई सार्वजनिक शौचालय बनाएको श्रेष्ठले बताउनुभयो । उनले मुख्य बजार क्षेत्रमा सरसफाई अभियान सुरु गर्ने प्रतिबद्धता समेत गरेका छन् ।