घाँस काट्दा लडेर कालिन्चोकमा एक जनाक मृत्यु

दर्पण संवाददाता
भाद्र १५

दोलखाको कालिन्चोक गाउपालिका वडा नम्बर नम्बर ९ मा घाँस काट्दा लडेर एक जनाको ज्यान गएको छ ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर ८ बैजनी घर भइ हाल कालिनचोक गाउपालिका वडा नम्बर ९ दंगुरी ससुराली टोल निवासी लाल बहादुर योगिको ज्यान गएको हो । ३० वर्षिय योगिको आज घाँस काटने क्रममा रुकुबारी पाखामा लडेर ३० मिटर तल पुगि घाइते हुनु भएको थियो । घाइते उहालाइ उपचारका लागि धुलिखेल अस्पताल दोलखा ल्याउने क्रममा बाटोमानै ज्यान गएको प्रहरी निरीक्षक रुक्सा बज्राचार्यले बताउनु भयो । लास प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको र अनुसन्धान भइ रहेको प्रहरि ले जनाएको छ ।