दर्पण संवाददाता
चरिकोट , मंसिर ३०
नेपाल घरेलु तथा साना उधोग महासंघ दोलखाको २८”औ साधारण सभा तथा ७ औ जिल्ला अधिबेशन आज सम्पन्न भएको छ ।
घरेलु तथा साना उधोग महासंघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष सुर्य कडेलको प्रमुख आथिथ्यतामा दोलखाको चरिकोटमा आज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित रामेश्वोर मानन्धर लाई घरेलु तथा साना उधोग महासंघ दोलखाले सम्मान तथा सफल कार्याकालको शुभकामना व्यक्त गरेको छ । कार्याक्रमा दोलखाका सात गाउँ पालिका तथा २ नगरपालिकाबाट अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । अधिबेशन उदघाटन सत्रलाइ घरेलु तथा साना उधोग महासंघका बरिस्ठ उपाध्यक्ष सुर्य कडेल, महिला उपाध्यक्ष रोशनी उपाध्यक्ष , कोषाध्यक्ष सत्यनारायण प्रजापती, केन्द्रिय सदस्री उज्जल पाण्डे प्रदेश सचिब सुदर्शन कार्की उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य रामेश्वोर मानन्धर लगाएले सम्बोधन गर्नु भएको थियो ।
जंग गुरुङको अध्यक्षतामा नया कार्यसमिति चयन
अधिबेशनले पुन जंग बहादुर गुरुङको अध्यक्षतामा नया कार्यसमिती चयन भएको छ । समितिको बरिस्ठ उपाध्यक्षमा पार्वती खड्का, उपाध्यक्षमा भिम बहादुर भुजेल, महासचिवमा धुर्ब बस्नेत , कोषाध्यक्ष डिबि भुजेल सदस्यहरुमा पदम बहादुर थामी , नारायण चौलागाईं ,जित बहादुर श्रेष्ठ , भेश बहादुर खड्का, शिव बहादुर कार्की, शेर बहादुर खड्का, नवीन श्रेष्ठ, निमा शेर्पा, गोमा दहाल निसा फुयाल, बिमला दहाल मेनुका सुवेदी मिथु जिरेल रहनु भएको छ ।