

चरीकोट, ५ जेठ
दोलखामा कोरोना संक्रमितको दर दिन प्रति दिन उच्च हुँदै गएको छ । संक्रमण नियन्त्रण तथा रोकथामका लागि निशेषज्ञा जारी गरिएता पनि संक्रमितको दरमा कुनै कमि आउन सकेको छैन् । केहि दिन देखि दैनिक करिव ८० जनाको दरले संक्रमित वढदै गई रहेको पाइएको हो ।
दोलखाको चरीकोट अस्पतालमा आल १९४ जनाको परिक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखा परेको छ । त्यस्तै हिजो १८७ जनाको परिक्षण गर्दा ७८ जनामा संक्रमण पोजेटिभ भेटिएको थियो । जेठ ३ गते २१८ जनाको परिक्षण गर्दा ७७ जना जेठ ३१ गते २०२ जनाको परिक्षण गर्दा ८५ जनामा संक्रमण देखिएको थियो । परिक्षणको तुलनामा दोलखामा दैनिक करिव ८० जनाको दरले संक्रमित भएको पाइन्छ । आज सम्म दोलखामा ७२५ जना संक्रमित भई सकेका छन् भने सात जनाको मृत्यु भई सकेको छ । ६३६ जना सकृय संक्रमित रहेको छ भने ८२ जना कारोना संक्रमण मुक्त भएका छन् ।

कोरोना नियन्त्रणका लागि दोलखामा वैशाख २३ गते देखि वैशाख ३१ गते सम्म निशेषज्ञा तोकिएकोमा कोरोना संक्रमितको दर बृद्धि हुँदै गए पछि पुन १५ दिन थप गरी जेठ १५ गते सम्म निषेधज्ञा जारी गरिएको छ । निषेधज्ञा जारी भएता पनि संक्रमितको संख्यामा कुनै कमि आउन सकेको छैन् । जिल्लाको ग्रामिण क्षत्रहरुमा व्यापक रुपमा कोरोना संक्रमण फैलिएको पाइन्छ । निषेधज्ञा बजारमा पुर्ण रुपमा कार्यन्वयन भएता पनि ग्रामिण क्षत्रहरुमा निषेधज्ञाको प्रभाव गाउँमा नभएका कारण भिडभाड हुने कार्यहरु विवाह, व्रर्तवन्ध, भोज जस्ता कार्यहरु नरोकिनुले संक्रमण दर तिव्र रुपमा फैलिदै गएको पाइन्छ । प्रशासनको नियम कार्यन्वयन नगरी विवाह भोज जस्ता कार्यहरु आयोजना गरिएको र वाहिर वाट आएका व्यक्तिहरु व्यवस्थापन गरी क्वारेन्टाइनमा राख्न नसकिएको कारण गाउँ गाउँमा संक्रमण फैलिदै गएको स्थानियहरुले गुनासो गरेका छन ।

जिल्लाको भिमेश्वर नगरपालिका, जिरी नगरपालिका, तामाकोशी गाउँपालिका, वैत्येश्वर गाउँपालिका, कालिन्चोक शैलुङ गाउँपालिकाको ग्रामिण क्षत्रहरुमा संक्रमण उच्च हुँदै गएको छ । तामाकोशी गाउँपालिका वडा नम्वर ५ शहरे र गौरिशंकर गाउँपालिका वडा नम्वर ७ मार्वुमा तिव्र गतिमा संक्रमित फैलिन थाले पछि स्थायिन सरकारले शिल गरेको छ । भिमेश्वर नगरपालिकामा २५५ जना , तामाकोशीमा १३७ जना वैतेश्वर गाउँपालिकामा ८५ जना संक्रमित रहेका छन् । शहरे, हावा , च्यामा, क्षत्रपा, लापिलाङ, मार्वु लगाएतका क्षत्रमा धेरै संक्रमित रहेका छन् । सवैको कन्ट्रयाक ट्रेसिङ गरी परिक्षणको दायरा वढाउनका लागि स्थायिनहरुले स्थानिय तहलाई आग्रह गरेको छ ।
संक्रमित दरमा कमि नआएको र उच्च हुँदै गएको कारण प्रशासनले निषेधज्ञामा थप कडाई गरेको छ । अति आवश्यक कामले घर वाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न तथा विना काम घर वाहिर कोहि ननिस्कन प्रशासनले आग्रह गरेको छ ।
