गौरीशंकर बालगृहका बालबालिकालाई जनमुखी सहकारीले खाद्यन्न वितरण

दर्पण संवाददाता
चरिकोट, असोज २८

दोलखाको बैतेश्वर गाउँपालिका ५ मैनापोखरी स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्था लि। ले चरिकोटमा रहेको गौरीशंकर वालगृहका बालबालिकाहरुलाई खाद्ययन्न बितरण गरेको छ ।

सहकारीको २२ औं स्थापना दिवसको अवसरमा गौरीशंकर वालगृह चरिकोटमा रहेका घरबार विहिन, थर विहिन साथै साहारा विहिन वाललालिकाहरुलाई खाद्यन्न सहयोग गरेको हो । दशैको पुर्बसन्ध्यामा आज एक कार्यक्रमका बिच प्रदेश नं ३ का माननीय सांसद पशुपति चौलागाईंले वैतेश्वर गाँउपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, नेकपा दोलखाका नेता गोपाल पाण्डे, संस्थाका अध्यक्ष सीताराम दहाल, सचिव राजन दहाल, सहसचिव राजन के।सी, कानुनी सल्लाहकार राजु नेपाली र व्यवस्थापक भेषबहादुर मिजारको उपस्थितमा रु। १५,००० ९पन्ध्र हजार० बराबरको खाद्यन्न सहयोग हस्तान्तरण गर्नुभएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा आफ्नो भनाइ राख्दै चौलागाईंले सहकारीले दसैंको अबसरमा बालगृहमा रहेका बालबालिका लाई सहयोग गरेर सामाजिक उतरदायित्त्व बहन गरेकोले सहकारी लाई धन्यवाद व्यक्त गर्नु भयो उहाँले सहकारीले आगामी दिनमा पनि यस्ता कार्यहरुमा ध्यान पुर्याउन आग्रह समेत गर्नुभयो । सस्थाले विभिन्न सामाजिक कार्यहरूमा सहयोग गरिरहेको र अब आउने दिनहरु मा पनि सहयोग गर्ने सस्थाका अध्यक्ष सिताराम दहालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।