,दर्पण संवाददाता
भाद्र ५
दोलखाको गौरिशंकर गाउपालिकामा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
गौरीशंकर गाउँपालिकाको २ जना पुरुष र २ जना महिलालाइ कोरोना पुष्टि भएको हो । गाउँपालिका बाट १४१ जनाको स्वाब परिक्षण गर्दा आज थप ४ जनामा कोरोना पुष्टि भएको हो ।
गाउपालिकामा कार्यरत कर्मचारीलाइ कोरोना पोजेटिभ देखिए पछि पुन दोस्रो पटक गाउपालिकको १७६ जनाको स्वाब संकलन गरि परिक्षणका लागि धुलिखेल पठाएको थियो । जस मध्य २ पुरुष र २ महिला गरि ४ जनामा कोरोना पोजेटिभ देखिएको दोलखाका स्वास्थ कार्यालय प्रमुख बिभु झाले बताउनु भयो ।
यस अघि गौरीशंकर गाउपालिकामा ७ जनालाइ कोरोना देखा परि सकेको छ ।