
दर्पण संवाददाता
चरिकोट, १५ भाद्र
दोलखाको चरिकोटमा संचालनमा रहेको गौरिशंकर सामुदायिक पुस्तकालय देशकै उत्कृष्ट सामुदायिक पुस्तकालयको रुपमा सम्मानित भएको छ ।
१२ औ पुस्तकालय दिवस २०७६ को अवसरमा विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयले देशकै उत्कृष्ट सामुदायिक पुस्तकालयको रुपमा छनोट गरी आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो । गौरिशंकर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले दोलखा जिल्लाकै शैक्षिक सामाजिक, आर्थिक , संस्कृतीक विकासमा उत्कृष्ट योग्दान पु¥याएको भन्दै शिक्षा मन्त्रि मा. गिरिराजमणी पोखरेलले गैरिशंकर पुस्तकालयका अध्यक्ष कृष्ण वस्नेतलाई सम्मान पत्र हस्ताणतरण गर्नु भएको हो ।
गौरिशंकर सामुदायिक पुस्तकालयले भुकम्प पछि अपाङग मैत्री र विपद व्यवस्थापन न्यूनिकरणको क्षेत्रमा काम गरेको कारण देशकै उत्कृष्ट पुस्तकालयको रुपमा छनोट हुन पुगेको अध्यक्ष कृष्ण वस्नेतले बताउनु भयो ।
दोलखाको सदरमुकाम चरिकोटमा रहेको यो पुस्तकालय भुकम्पले क्षेति पछि अपाङग मैत्रि भवण निर्माण गरी चरिकोट लामाचौरमा संचालनमा रहेकोे छ । अध्ययन अनुसन्धान गर्नका लागि चरिकोटमा रहेको यो पुस्तकालय विधार्थी तथा अन्यको रोजाइको केन्द्र बन्दै गएको छ ।
