गौरिशंकर वालगृह स्थानिय सरकारको स्वामित्वमा ल्याउनु पर्नेमा मेयर केसीको जोड

असार ३०, चरिकोट,

दोलखाको चरिकोटमा रहेको गौरीशंकर बाल गृहलाई अब स्थानीय सरकारको मातहत् ल्याउने भिमेश्वर नगरापलिकाका मेयर भरत बहादुर केसीले बताउनु भएको छ ।

शनिबार कोरिया बस्दै आएका दिपेन्द्र अधिकारको सहयोगमा जुटाइएको सामाग्री संन्चाकरकर्मी निता राउत फाउण्डेशनको पहलमा हस्तान्तरण गर्दै मेयर केसीले बाल संगठनले अहिले चलाएको वाल गृह स्थानीय सरकारलाई जनाकारी नदिएको बताए । “ कि राम्रोसँग चलाउनु पयो, अन्यथा नगरपालिकाले हस्तक्षेप गरेर भए पनि आफै चलाँउछ” मेयर केसीले भने ।

ओगट्ने काम बन्द गर्न बालंगठनलाई केसीले आग्रह पनि गर्नु भयो । बाल संगठनले दोलखाको अपन्त्व लिने वातावरण नवनाएको केसीले बताए । “कि त सम्बन्धि संस्थाले यसलाई सुधार गर्दै राम्रोसँग चलाउन सक्नुपर्छ अन्यथा यस संस्थाबाट हात झिक्दा राम्रो हुने उनले बताए । नगरपालिकाको पहिलो प्राथमिकता नै शिक्षामा रहेकाले यो वा त्यो बाहानामा अब गौरीशंकर बालगृहका बालबालिका शिक्षा र अन्य सुविधाबाट बञ्चित हुने अवस्था नरहेको मेयर के।सी।ले जिकिर गरे । बालगृह ब्यवस्थापनका लागि नगरपालिकाले बर्षमा ८–१० लाख छुट्याउ खासै समस्या नपर्ने बताउदै मेयर केसीले जसरी भएपनि बालगृहलाई स्थानीय सरकारको मताहतमा ल्याउने पहल र प्रक्रिया थाल्ने बताउनुभयो ।

राउतको पहलमा जुटेको ८४ हजार बराबरको सहयोग शनिबार हस्तारण गरिएको छ । २०५३ साल स्थानपना भएको यस गृहमा हाल २४ जना अनाथ बालबालिकाहरु छन्। सहयोग गर्ने निकाय नभएक कारण बालगृह हाल समस्यामा पर्दै गएको छ । हाल बिभिन्न व्यति तथा संस्थाहरुले बिधिन्न अबसरमा प्रदान गर्दै आएको सहयोगले सचालन हुदै आएको छ ।