गौरिशंकर वहुमुखी क्याम्पसको ४३ औँ वार्षिक उत्सव सम्पन्न

दोलखाको सदरमुकाम चरिकोटमा रहेको जिल्लाकै सवैभन्दा ठुलो क्याम्पस गौरीशङ्कर बहुमुखी क्याम्पसको ४३ औ वार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा नेपाल सरकारका पूर्वमन्त्री एवमं प्रवक्ता पार्वत गुरुङले क्याम्पस प्राङगणमा एक कार्यक्रमका विच दिपप्रज्वलन गर्नुहुँदै वार्षिक उत्सव समारोहको उदघाटन गर्नुभएको थियो । कार्यक्रमको उदघाटन गर्नुहँुदै कार्यक्रमका प्रमुख अतिथी पार्वत गुरुङले जिल्लाकै पुरानो क्याम्पस आर्थिक भौतिक तथा शैक्षिक सुधारको लागि क्याम्पसले बनाएको योजनाहरुमा साथ सहयोग गरेर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । पछिल्लो समय उच्च शिक्षाको लागि युवाहरु विदेश जाने लहर शिर्जना भएको बताउनुहुँदै स्वदेशमानै गुणस्तरीय शिक्षा र रोजगारीको वातावारण वनाउने क्याम्पसले शैक्षिक योजनाहरु निर्माण गर्नुपर्ने बताउनु भयो ।
वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेलुुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले क्याम्पसले विधार्थीहरुको जिवनउपयोगि शिक्षालाई ध्यान दिनुपर्ने सुझाब दिनुभयो । त्यसैं गरी भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेतले जिल्लाकै सवैभन्दा ठुलो क्याम्पसले अनुसन्धानको क्षत्रमा समेत नेतृत्व गर्दै विभिन्न निकाय तथा स्थानिय तहहरु संग क्याम्पसका समस्या समाधानका लागि वृहत छलफलको आवश्यकता रहेको बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा भएकोे उत्सव कार्यक्रममा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष राजेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका प्रवक्ता पुुष्कर अधिकारी, नेकपा एकीकृत समाजवादी दोलखाका अध्यक्ष भीम प्रसाद दहालले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वार्षिक उत्सवमा क्याम्पस प्रमुख शान्त केसीले क्याम्पसको भौतिक तथा शैक्षिक अवस्थाको वारेमा प्रगति प्रतिवेदन प्रस्तुुत गर्नुभएको थियो ।
गौरीशङ्कर बहुमुखी क्याम्पसले ४३ औ वार्षिक उत्सवको अवसरमा शैक्षिक उन्नतिका लागि महत्वपूूर्ण भूमिका निर्वाह गर्ने ३ जना प्राध्यापक तथा कर्मचारीको सम्मान गरेको छ । सम्मानित हुनेहरुमा क्याम्पसका सहायक प्राध्यापकहरु बालकृष्ण फूँयाल र समीरा बस्नेत रहेका छन भने कर्मचारी तर्फ लेखा तथा प्रशासन प्रमुुख राजकुमार सुवेदी सम्मानित हुनुभएको छ । क्याम्पसबाट उत्कृष्ट नतिजा ल्याउन सफल सुस्मीता रिजाललाई नगद सहित सम्मान गरिएको छ । क्याम्पसले आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापहरुमा विजयी हुने विधार्थीहरुलाई समेत पुरस्कार प्रदान गरिएको छ ।

क्याम्पसमा लामो समय सेवा गर्नु भएका स्वर्गीय पुुष्करनाथ पोखरेलको परिवारले कमलादेवी –पुुष्करनाथ पोखरेल स्मृति अक्षय कोष स्थापना गरेको छ । पोखरेल परिवारले ३ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको हो । स्वर्गीय पोखरेलकी धर्मपत्नी कमलादेवी पोखरेलले कार्यक्रमका बीच ३ लाख रुपैयाको चेक क्याम्पसलाई हस्तान्तरण गर्नुु भएको हो ।