दर्पण संवाददाता
सुरि, जेठ २८
गौरिशंकर गाउपालिकाले कोरोना भाइरसको आसंकामा परिक्षण गरिएको ६ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
गौरीशंकर गाउपालिकाले ६ जनाको स्वाब संकलन गरि परिक्षणको लागि धुलिखेल लगेको थियो । ६ जनाकै पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गौरिशंकर गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त रेग्मीले बताउनु भयो । झ्याकुको मानेडाडा मा.बि मा रहेका ४ जना र नवज्योति आधारभुत बिद्यालय गुरुम्फी मा रहेका २ जना गरि जम्मा ६ जनाको स्वाब परिक्षण गर्न धुलिखेल लगिएको थियो । उनिहरुमा कोरोना भाइरस नभएको पुष्टि भएको छ ।