गौरिशंकर गाउपालिकाको क्वारेन्टाइनमा रहेका ८ जना आरडिटी रिपोर्ट नेगेटिभ पछि फर्किए घर घरमा

दर्पण संवाददाता
सुरि जेठ २३
दोलखाको गौरिशंकर गाउपालिकाको क्वारेन्टाइनमा रहेका ८ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसंगै उनिहरुलाइ पालिकाले घर पठाएको छ ।
भारत बाट आएका गाउपालिकाका नागरिकहरुलाइ पालिकाले गौरीशंकर गाउँपालिका वाड.न ५ स्थित श्री हलेश्वोर मा.बि को क्वारेन्टाइन जेठ १० गते देखि बसेेका थिए । १४ दिन सम्म क्वारेन्टाइनमा बसेका उनिहरुको गाउपालिकाले आरडिटी परिक्षण गरेर  घर फिर्ता पठाएको छ । छिमेकी कोरोना संक्रमित देश भारत देखि आएर गाउपालिकाले क्वारेन्टाइन मा राखेका उनिहरुको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको भए पिसिआर गर्ने तयारी भएता पनि सबैको नेगेटिभ देखिएको हुदा सबैलाइ घर पठाइएको स्वास्थ शाखा प्रमुख बसन्त रेग्मीले बताउनु भयो । गाउपालिकाको विभिन्न वडाहरुमा ८० जनालाइ पालिकाले क्वारेन्टाइनमा राखेको छ ।
१४ दिनसम्म क्वारेन्टाइनमा बसेका ८ जना उनिहरुलाइ RDT नेगेटिभको प्रमाण पत्र सहित गाउँपालिका अध्यक्ष सोयम बहादुर खड्का , उपाध्यक्ष उर्मिला थामी, प्रमुख प्रशासकिय अधिकृत प्रदिप खड्का र मेडिकल टिमले बिधाइ गरेको थियो । उहिहरुलाइ जुङु झ्याकु जानको लागि पालिकाले गाडीको समेत ब्यवस्थापन गरि घर पठाएको पालिकाले जनाएको छ ।