दर्पण संवाददाता
सुरी ११ चैत्र
दोलखाको गौरिशंकर गाउँपालिकाले सुरीमा ६ वेडको आइसोलेसन निर्माण गरेको छ ।
गौरिशंकर गाउँपालिकाले कोरोना भाइरसलाई मध्यनजर गरी सुरी प्राथमिक स्वास्थ्य केन्द्रमा ६ वेडको आइसोलेसन निर्माण गरेको गाउँपालिकाले जनाएको छ । विश्वभर फैलिरहेको कोरोना भाईसरको रोकथाम गराउन नेपाल सरकारले मंगलबार देखि देशभर लकडाउन गरेको छ ।
गाउँपालिकाले गाउँपालिका भित्र हुन सक्ने विरामीहरुलाई लक्षित गरी सुरीमा आइसोलेसनको निर्माण गरेको जनाएको छ । आइसोलेनमा आवश्यक पर्ने औषधी उपकरण सहित एक जना डाक्टर, दुई जना एच ए र एक जना स्टाफ नर्सको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख बसन्त रेग्मीले बताउनु भयो । गाउँपालिकाले अति आवश्यक वाहेक अन्य सवै सेवा रोकेको भएता पनी गाउँपालिकाको सवै स्वास्थ्य संस्थाहरु विदाको दिनमा पनी संचालन गर्न निर्देशन गरेको छ । गाउँपालिकाको विभिन्न वडाहरुमा ६१ जना स्वास्थ्य कर्मीहरुले जनचेतना जगाई रहेको र कोरोना सम्वन्धी लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सम्पुर्ण गाउँपालिका वासीलाई आग्रह गरेको छ ।
