गौरिशंकर गाउँपालिकाको सवै प्रशासनिक काम रोकियो, स्वास्थ्य केन्द्र शनिवार पनी खोल्न निर्देशन

दर्पण संवाददाता
सुरी, ९ चैत्र
विश्वमा फैलिरहेको कोरोना भाइसरबाट बच्नका लागि नेपाल सरकारले सर्तकता अपनाउनका लागि आग्रह गरे संगै दोलखाको गौरिशंकर गाउँपालिकाले चैत्र २१ गते सम्म गाउँपालिकाले प्रदान गर्ने प्रशासनिक काम रोक्ने निर्णय गरेकोे छ ।

गौरिशंकर गाउँपालिकाको कार्यपालिकाको आज वसेको ६९ औँ वैठकले मानिसको भिडभाड हुने भएका कारण सर्तकता अपनाउन गाउँपालिकाले दिने प्रशासनिक काम चैत्र २१ गते सम्मका लागि रोकिएको गाउँपालिकाले जनाएको छ । अति आवश्यक सेवा वाहेक अन्य सेवा रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप कुमार खड्काले बताउनु भयो ।

आज बसेको गाउँपालिकाको वैठकले विश्वमा फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गरी सुरी प्राथमिक स्वास्थ्य केन्द्रमा १० वेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको छ । सुरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा गाउँपालिका भित्र हुनसक्ने विरामीहरुलाई मध्यनजर गरी आइसोलेसन कक्षको निर्माण गर्न लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त रेग्मीले बताउनु भयो । गाउँपालिका भित्रका सवै स्वास्थ्य केन्द्रहरुलाई विदाको दिन समेत संचालन गर्नको लागि निर्देशन गरेको छ । कोरोना भाइरसवाट हुनसक्ने जोखिमलाई कम गर्न सवै स्वस्थ्य कर्मिहरुलाई शनिवार पनी स्वास्थ्य केन्द्र खोली सेवा प्रदान गर्नका लागि निदेशन गरेको छ ।