नवीनकुमार खतिवडा 
३१ भाद्र
गौरीशंकर क्लस्टरमा आवद्ध साकोसहरुको १६ र्औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला जनमुखी साकोस को आयोजनामा मैनापोखरीमा २०७५ साल भाद्र ३० गते, शनिवार सम्पन्न भएको छ।
साकोसमा शुसासन कायम गरी पल्र्स, हिमाल लगायतका ५५ वटा सूचकहरु पुरा गरी नेपालस्तरको प्रोवेशन ब्रान्ड हासिल गर्ने उदेश्य का साथ गरिएको कार्यक्रममा गौरीशंकर क्लस्टरमा आवद्ध साकोसहरुको १६ र्औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला जनमुखी साकोस को आयोजनामा मैनापोखरीमा २०७५ साल भाद्र ३० गते, शनिवार सम्पन्न भएको हो। साकोसमा शुसासन कायम गरी पल्र्स, हिमाल लगायतका ५५ वटा सूचकहरु पुरा गरी नेपालस्तरको प्रोवेशन ब्रान्ड हासिल गर्ने उदेश्य का साथ गरिएको कार्यक्रममा भाखा नाघेको ऋण असुली, तरलता व्यवस्थापन, उत्पादनमूलक क्षेत्रमा लगानी , सञ्चालन प्रणालीमा सुशासन, बचत तथा पूँजी बृद्धि, सदस्यमुखी कार्यक्रम सञ्चालन, आयमुलक र शिपमूलक तालिम तथा कार्यक्रम सञ्चालन लगाएतका बिषयमा छलफल गरिएको छ । जनमुखी साकोसका अध्यक्ष सिताराम दहाल को अध्यक्षता भएको कार्यक्रम मा प्रमुख अतिथि वैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, नेफ्स्कुन का कार्यक्रम अधिकृत दिपक प्रसाद ढुंगाना लगाएत ले आफ्नो धारणा व्यक्त गरेका थिए ।
गौरीशंकर क्लस्टरको प्रोबेसन कार्यक्रममा दोलखा र रामेछापका जनमुखी साकोस, वैतेश्वर, दोलखा, एकीकृत फ्रेन्डसिप साकोस, जिरी, दोलखा, वेताली साकोस, वेताली, रामेछाप, शिक्षक कल्याण साकोस, चरिकोट, दोलखा, नवजागरण साकोस, मन्थली, रामेछाप, जनहितकोष साकोस, खिम्ती, रामेछाप, जनउपकार साकोस, गौरीशंकर, जुँगु, दोलखा, जनजागरण साकोस, वैतेश्वर, मिर्गे, दोलखा आबद्ध रहेका छन अन्त्यमा आवद्ध साकोसहरुको आपसी सल्लाहमा १७ औँ कार्यशाला जनउपकार साकोस गौरीशंकर, जुँगु, दोलखामा मिति २०७५ साल पौष १४ गते गर्ने निर्णयका साथ कार्यक्रम सम्पन भएको छ।