गौरिशंकर क्याम्पसको स्ववियू सभापतिमा शिरिष बस्नेत चयन

दोलखाको गौरीशंकर बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा नेकपा एमाले निकट विधार्थीहरुको संगठन अनेरास्वीयुबाट शिरिष बस्नेत चयन हुनुभएको छ । चरिकोट स्थित जिल्लाकै ठूलो क्याम्पस मानिने गौरीशंकर बहुमुखी क्याम्पसको सभापतिमा बस्नेत आज सर्वसहमत चयन हुनुभएको हो ।

बस्नेतको सभापतित्वमा उपसभापति राजेन्द्र भुजेल, सचिव डेनिश शिवाकोटी, सहसचिव राजकुमार भुजेल र कोषाध्यक्षमा कन्चन तामाङ चयन हुनुभएको क्याम्पसका स्ववियू निर्वाचन समितिका संयोजक बालकृष्ण फुँयालले जानकारी दिनुभयो ।

त्यस्तै सदस्यहरुमा सुस्मीता नेपाली, शुशिल अधिकारी, पृथिवीराज तामाङ, विमल खड्का, पदमकुमारी बुढाथोकी, राजन खड्गी, सुरज नेपाली, किशोर थामी, हेमन्त कुमार पाख्रिन, भेष बहादुर वुढाथोकी गरी १५ जना स्ववियु कमिटी सर्मसम्मत चयन भएको निर्वाचन अधिकृत बालकृष्ण फुयालले बताउनु भयो ।

अनेरास्ववियू, नेविसंघ, अनेरास्ववियू क्रान्तिकारी लगायतका विद्यार्थी संगठनबीच सहमतिको आधारमा नेतृत्व चयन गरेको अनेरास्ववियू दोलखाका अध्यक्ष रामचन्द्र केसीले जानकारी दिनुभयो ।